२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

मोलुङमा घरसँगै १५ महिने बालकको जलेर मृत्यु

  • २०८० कार्तिक २३, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगा- जिल्लाको मोलुङ गाउँपालिका ६ स्थित श्रीचौरमा भएको घर आगलागीमा १५ महिने बालकको जलेर मृत्यु भएको छ । बुधबार दिउँसो आगलागी हुँदा घरभित्र रहेका ती बालक घरसँगै जलेको स्थानीयले बताए ।

    मंसिरेमा कर्मा शेर्पाका तीन वर्षीय छोरा मिङ्मार शेर्पाले खेलाएको लाईटरबाट घरमा आगलागी भएको थियो । घर अभिावक कोही थिएनन् । दुई छोरा घरमा छोडेर शेर्पा दम्पति खेतिमा गएका थिए । घर जलेपछि आगो नियन्त्रणका क्रममा प्रहरीले जलेको शवको पहिचान हुन नसक्ने अवस्थामा फेला पारेर परिक्षणका लागि पठाएको छ ।

    उक्त शव बालककै भएको र घरमा अन्य सजिव वस्तु नजलेको स्थानीयको भनाइ छ । प्रहरीले पनि बालक जलेको निष्कर्ष निकालेको छ । घरबाटै बालक बेपत्ता थिए ।

    यद्यपी प्रहरीले ल्याब परिक्षण रिपोर्टका आधारमा मात्रै यकिन गर्न सकिने जनाएको छ । बच्चा हराएको, घटनस्थलमा मासुको जलेको डल्लो फेला परेकाले अनुमान गर्न सकिने अवस्था रहे पनि परिक्षणबाट मात्रै यकिन गर्न सकिने जिल्ला प्रहरी कार्यालयका डिएस्पी दिपकबहादुर केशीले बताए ।

    आगालगीबाट ढुङ्गा माटोले बनेको, ढुङ्गाको छाना भएको दुई तले घर, घरमा रहेको काठपात, भाँडावर्तन, अन्नपात, लत्ता कपडा जल्दा करिब १५ लाख भन्दा बढी क्षती भएको छ । पालिकाले पीडित परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ । बालककाे शव पाेष्टमार्टम गरेर अभिभावकलाई जिम्मा लगाइ ल्या परिक्षणमा पठाएकाे छ ।

    प्रतिक्रिया दिनुहोस