२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

मृगाैला पीडित पत्रकार दियालीलाई प्रेस संगठनकाे सहयाेग

  • २०८० मंसिर ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काठमाण्डाैं । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा सुनसरीका अग्रज पत्रकार पीवि दियालीलाई समाजवादी प्रेस संगठनले सहयाेग गरेकाे छ । केन्द्रीय समितिकाे तर्फबाट उपचार खर्चका लागि ३० हजार रुपैंया सहयाेग गरेकाे हाे ।

    दुवै मृगाैलाले काम गर्न छाेडेपछि दियाली उपचाररत छन् । उनकाे स्वास्थ्य लाभकाे कामनासहित सहयाेग जुटाउने अभियानका क्रममा जुटेकाे रकम पहिलाे चरणमा ३० हजार पठाइएकाे र थप रकम जुटाउने काम निरन्तर अघि बढाइने समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस