२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नाम्चेमै अब अमेरिकन कोलम्बिया ब्राण्ड !

  • २०८० मंसिर १४, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • ओखलढुंगाः- अमेरिकन कोलम्बिया ब्राण्डको शाखा नाम्चेमा स्थापना गरिएको छ । हिमाल आरोहण र अत्याधिक चिसो ठाउँमा आवश्यक पर्ने कपडा तथा सामग्री पर्यटकीय क्षेत्रमै उपलब्ध गराउने उद्देश्यले कोलम्बियाको नेपालमा तेस्रो शाखा पर्यटकीय स्थल नाम्चेबजारमा स्थापना गरिएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।

    यस अघि कोलम्बिया ब्राण्ड काठमाण्डौंको ठमेल र पोखरामा थियो । हिमाल आरोहणका लागि आवश्यक व्यक्तिगत प्रयोगमा आउने सबै खालका सामग्री अब नाम्चेमै पाइने शेर्पाको भनाइ छ । ब्राण्डको उद्घाटन पहिलो खुम्बु आइसफल डाक्टर लाम्पा गेलु शेर्पाले रिवन काटेर गरे ।
    अमेरिकाको पोर्टल्याण्डमा मुख्य कार्यालय रहेको उक्त ब्राण्ड पर्यटन क्षेत्रमा स्थापित छ । गुणस्तर सुनिश्चितताका कारण उपभोक्तको माग नेपालको पर्यटन क्षेत्रमा बढेको व्यवसायीहरु बताउँछन् ।

    यस क्षेत्रको अर्थतन्त्र थप चलायमान बनाउन ब्राण्ड स्थापनाले योगदान पुग्ने विश्वास लिइएको छ भने हिमाल आरोहणका लागि आवश्यक सुरक्षाका सामाग्रीहरु किन्न ठमेल धाउनु पर्ने बाध्यता पनि हटेको छ ।

    प्रतिक्रिया दिनुहोस