२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

व्यवसायीलाई इ-विडिङ सिकाउँदै निर्माण व्यवसायी संघ

  • २०८० पौष २, सोमबार मा प्रकाशित ४ महिना अघि
  • ओखलढुंगा- ओखलढुंगा निर्माण व्यवसायी संघले निर्माण व्यवसायीहरुलाई  इ विडिङकाे तालिम दिने भएकाे छ । पुस १२ गते हुने तालिममा प्रविधिमा दख्खल भएका प्रशिक्षकहरुले कसरी विद्युतीय खरिद आवेदन गर्ने भन्ने सिकाउने छन् ।

    संघका अनुसार तालिममा सहभागी हुन प्रति सहभागी ५ सय शुल्क पुन १० गतेभित्र बुझाउनु पर्ने छ । संघले जिल्लामा पहिलाे पटक यस्ताे तालिम  आयाेजना गर्न लागेकाे हाे ।

    व्यवसायीहरुकाे हितका लागि संघले तालिम आयाेजना गरेर प्रभावकारी र त्रुटीरिहत  E-Biding  गर्ने तरिका सिकाउन लागिएकाे संघका सदस्य साेचन शाक्याले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस