२०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024

बालमन्दिरका बालबालिकालाई अध्यक्ष ताम्राकारकाे पाेसाक सहयाेग

  • २०८० पौष १८, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ओखलढुंगा-  ओखलढुंगा सदरमुकामस्थित बालमन्दिर आधारभूत विद्यालयका बालबालिकाहरुलाई पोसाक वितरण गरिएको छ । विद्यालयका ३६ जना बालबालिकाहरुलाई सिद्धिचरण नगरपालिका वडा नंं ११ का वडा अध्यक्ष विनोद ताम्राकारले नगरपालिकाबाट उनले पाउने सेवा सुविधाको रकमबाट कपडा खरिद गरेर पोषाक वितरण गरेका हुन् ।

    २०३९ सालमा तत्कालीन बडामहारानी ऐश्वर्याले स्थापना गरेको उक्त विद्यालयमा कक्षा ५ सम्म गरिव विपन्न र मजदुरहरुका बालबालिका पढ्छन् । सम्पन्न परिवारका व्यक्तिहरुले सदरमुकामका निजी स्कूलहरुमा बालबच्चा बढाउने भएकाले उक्त विद्यालयमा बाहिरबाट आएर मजदुरी गर्ने श्रमिक, ज्यालादारी काम गर्ने कामदार, विपन्न र असहायका बालबच्चा अध्ययन गर्दै आएका छन् ।

     सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न र गुणस्तर सुधार गर्न आफुले आफ्नो सेवा सुविधाबाट बालबालिकाहरुलाई विद्यालय पोसाकका रुपमा ट्रयाक सुट वितरण गरेको अध्यक्ष ताम्राकारले बताए । उनले विद्यालयमा शिक्षक शिक्षिकाहरुलाई पठनपाठनमा सुधार गर्न अनुरोध गर्दै आवश्यक पर्ने अन्य सहयोग समेत गर्ने बताए ।

    अध्यक्ष ताम्राकारले आफुले पाउने सरकारी सुविधाको रकम जम्मा गरेर विपन्नलाई खाद्यन्न, लत्ताकपडा सहयोग गर्दै आएका छन् । उनले जेष्ठ नागरिकहरुलाई समेत जाडोमा न्यानो कपडा वितरण गर्ने तयारी गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अप्सरा कार्कीले अध्यक्षको सहयोगबाट बालबालिका र अभिभावकहरु खुसी भएको बताइन् । यस्तो सहयोगले साुमदायिक विद्यालयप्रति आकर्षण बढाउन सहयोग पुग्ने अध्यक्ष कार्कीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस