२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

एमाले कार्यकर्ता एकिकृत समाजवादीमा, बर्णालुमा बन्याे १५ सदस्यीय टाेल कमिटी !

  • २०८० पौष २४, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका वडा नं ५ मा नेकपा एमालेबाट दुई दर्जनबढी कार्यकर्ताहरु एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा ओखलढुंगा सह ईञ्चार्ज निर्मला श्रेष्ठले स्वागत गरिन् । प्रवेश गरेका कार्यकर्ताहरु समेटेर उत्तिसेमा १३ सदस्यीय टाेल कमिटी गठन गरिएकाे छ ।

    कमिटीकाे अध्यक्षमा डाेल्मा शेर्पा, सचिव दालाकी शेर्पा र काेषाध्यक्षमा डाेमा शेर्पा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा पेमासाङ्गे शेर्पा, मिलाकी शेर्पा, फुर्किली शेर्पा, जाङ्बु शेर्पा लगायत रहेका छन् । पार्टि प्रवेशकाे सहजीकरण नेकपा एकिकृत समाजवादीका सिद्धिचरण नगर कमिटी अध्यक्ष महेश श्रेष्ठले गरेकाे नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेखबहादुर खड्काले बताए ।

     

    प्रतिक्रिया दिनुहोस