२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

राष्ट्रपति जरदारीले छोरीलाई बनाए ‘फर्स्ट लेडी’

  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले आफ्नी छोरी आसिफा भुट्टो जरदारीलाई ‘फर्स्ट लेडी’ बनाएका छन् । सामान्यतया कुनै देशका राष्ट्रपति या प्रधानमन्त्रीको पत्नीलाई फर्स्ट लेडी मानिन्छ ।

    तर पाकिस्तानका राष्ट्रपतिले छोरीलाई फर्स्ट लेडी बनाएपछि अहिले यो विषय चर्चामा छ । आसिफ अली जरदारीकी पत्नी एवम् पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । त्यतिबेला छोरी आसिफा केबल १४ वर्षकी थिइन् । अहिले आसिफा ३१ वर्षकी छिन् ।

    बेनजीर भुट्टो इस्लामिक देश पाकिस्तानको पहिलो प्रधानमन्त्री थिइन् । सन् १९९८ मा प्रधानमन्त्री बनेपछि उनी तीन बच्चाकी आमा बनेकी थिइन् । उनको सन् २००७ मा हत्या भएको थियो ।

    सन् २००८ मा उनका पति आसिफ अलि जरदारी पहिलोपटक राष्ट्रपति बनेका थिए । उनी सन् २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए । त्यतिबेला आधिकारिक रुपमा कसैलाई पनि फर्स्ट लेडी नियुक्त गरिएको थिएन् ।

    प्रतिक्रिया दिनुहोस