२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

लिखुमा अध्यक्ष कप शुरु, न्यून प्रतिस्पर्धी टिम सहभागी

  • २०८० फागुन ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा ।  लिखु गाउँपालिकामा लिखु अध्यक्ष कप  भलिवल प्रतियाेगिता सुरु भएको छ । महिला र पुरुष दुवै विधामा सञ्चालन गरिएको पालिका अध्यक्ष कपमा प्रथम हुने महिला पुरुष दुवै टिमले बराबरी १ लाख ५० हजार, दोस्रो हुने टिमले एक एक लाख, तेस्रो हुने टिमले ७० हजार र सान्त्वना हुने टिमले ४० हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।

    यसरी लाखौँको पुरस्कार व्यवस्थापनमा उक्तिकै खर्च गरी गरिएको प्रतियोगितामा खेलाडी टिमहरूको उपस्थिति भने निराशा जनक छ । लाखौँको खर्च गरी गरिएको यो प्रतियोगितामा पुरुष ९ टिम र महिला ६ टिम मात्रै सहभागी छन् ।

    न्यूनतम पनि २० टिम पुरुष र २० टिम महिलाको टिम सहभागी हुने अपेक्षा गरिएता पनि पुरुष ९ टिम र महिला ६ टिम मात्रै सहभागी भएको लिखु गाउँपालिकाका खेलकुद संयोजक पशुपति सुनुवारले बताए ।  पुरस्कारमा मात्रै ७ लाख ४४ हजार र ३ लाख व्यवस्थापन खर्च गरि १० लाख ५० हजार लागत अनुमान गरिएको खेल संयोजक सुनुवारले बताए ।

    यस अघि महिला र पुरुष बिजेता टिमकाे फरक फरक पुरस्कार राशी राखेर सुचना निकालिएपछि चाैतर्फी आलाेचना भएकाे थियाे । यसपछि पालिकाले अर्काे सुचना निकाल्दै पुरस्कार राशी बराबर हुने जनाएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस