२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
एमालेका आधा घटे पार्टी सदस्य

एमाले जिल्ला ईञ्चार्ज खगेन्द्र राईकाे स्वीकाराेक्ति: ‘कार्यकर्तालाई पार्टी र विचार बुझाउन सकिएन’

  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढु‌गा- नेकपा एमाले ओखलढु‌ंगाका ईञ्चार्ज खगेन्द्र राईले कार्यकर्ताहरुलाई  पार्टी र विचार बुझाउन नसकेकाे बताएका छन् । स्कूल विभागकाे आयाेजनामा भएकाे प्रशिक्षणमा राईले पार्टीका दस्तावेजहरु दराजमा थन्किएकाे भन्दै पठन स‌ंस्कृति हराउँदा पार्टी र विचार बुझाउन नसकिएकाे बताए ।

    पार्टीका सदस्यहरुले सदस्यता नविकरण गर्न समेत  जाँगर नचलाएकाेमा आक्राेश पनि व्यक्त गरे । उनले जिल्ला सदस्यहरुले समेत सदस्यता नविकरण नगरेकाे बताए । राईले अघिल्लाे अधिवेशनकाे तुलनामा यस पटक एमालेका आधा सदस्य घटेकाे प्रस‌ंग पनि उप्काए ।

    उनले भने,  ‘८ / ९  हजार सदस्य थिए अहिले  ४ हजार १ सय २३ मात्र छन्, कार्यकर्ताहरु मेराे पनि पैसा हालेर गर्दिनु है भनेर फाेन गर्छन्, पार्टी बुझाउन सकिएन ।’ गत निर्वाचनमा असमझदारी असहयाेग र अन्तर्घातले पार्टीले चुनाव हारेकाे भन्दै उनले एमालेले संगठनमा यस्ता प्रवृत्ति रहन नदिने पनि बताए ।

    प्रतिक्रिया दिनुहोस