२०८१ बैशाख १८, मंगलबार | Tue, 30, Apr, 2024

युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार सम्पादक कार्कीलाई

  • २०८१ बैशाख ५, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • ओखलढुंगा- ओखलढुङ्गाखबरका सम्पादक तथा नेपाल टेलिभिजनका ओखलढुंगा संवाददाता नवराज कार्कीलाई यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

    युगकवि सिद्धिचरण श्रेष्ठको ११३औँ जन्मजयन्तीको अवसरमा पुरस्कार प्रदान गरिने भएको हो । युगकवि सिद्धिचरण प्रतिष्ठानले विज्ञप्ति सार्वजनिक गर्दै पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

    यसवर्षको युगकवि सिद्धिचरण पुरस्कार प्रा. डा. उषा ठाकुरलाई प्रदान गरिने भएको छ । पुरस्कार यही जेठ ९ गते औपचारिक कार्यक्रमका बीच प्रदान गरिने युगकवि सिद्धिचरण प्रतिष्ठानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस