२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

साउदीबाट अलपत्र ८०९ नेपाली फर्कंदै

Thumbnail
  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डा‌ैं- साउदी अरेबियामा कोरोना भाइरसको प्रभावबाट अलपत्र परेका नेपाली हिमालयन एरलाइनस र नेपाल एरलाइनसको चार्टर उडान गरी स्वदेश फिर्ता भएका छन् । फिर्ता हुनेमा ८ सय ९ जना रहेका छन् ।

    दुतावासका अनुसार स्वदेश फिर्ताको लागि अनलाइन फारम तथा टेलिफोन सम्पर्क गरी २० हजारभन्दा बढीले फारम भरेका छन् भने स्वदेश फिर्ताको लागि दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले तत्कालका लागि २ हजार ८ सय ७४ जनाको नामावली सार्वजनिक गरेको छ । लामो समयदेखि दुतावास सेल्टरमा रहेका ४ जना महिला पनि यात्रामा छन् ।

    साउदी सरकारले अकामा नवीकरण नगरेका ७४ जना नेपालीका लागि बहिगर्मन भीषासमेत जारी गरेको छ । जसका कारण उनीहरू चाडै नै स्वदेश फिर्ता हुने भएका छन् ।

    कामको शिलशिलामा मृत्यु भएका १ सय २० जना नेपालीको शव भने साउदीमै रहेको छ । दुतावासले यस सम्बन्धमा सम्बन्धित निकायलाई जानकारी गराएको जानकारी दिएको छ ।

    विदेशमा अलपत्र परेर महंगो टिकटको शुल्क र उडानको समय चाहिने कोरोना टेस्ट रिपोटको लागि लगभग नेपाली ६ हजार तिर्नु परेकोले फर्किने नेपाली निराश भएको बताउँछन् । उनीहरुले सरकारले सहयोग नगरेको गुनासो पोखेका छन्। पछिल्लोपटक सरकारले निर्धारण गरेको साउदीको रियाद र जेद्धा शहरबाट एकतर्फी हवाई टिकटको मुल्य लगभग ६८ हजार नेपाली रहेको छ ।

    प्रतिक्रिया दिनुहोस