२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

काेकाकाेलाले गर्याे, जुकरबर्गले एक दिनमै गुमाए ७ अर्ब डलर

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • कोकाकोला कम्पनीले सबैखाले सोसल मिडिया प्लाटर्फमहरुमा विज्ञापन बन्द गरेको छ । सोसल मिडियाहरुमा घृणाजन्य अभिव्यक्ति तथा सामग्रीहरु फैलिरहेको भन्दै कोकाकोलाले तत्कालका लागि ३० दिनसम्म विज्ञापन रोकेको हो ।

    कोकाकोला कम्पनीका सीईओ जेम्स क्विन्सीले भनेका छन्, ‘अहिले जातीय विभेदका लागि विश्वका कुनै ठाउँ छैन र सोसल मिडियामा पनि यसले ठाउँ पाउनु हुँदैन ।’

    उनले अत्यधिक उत्तरदायित्व तथा पारदर्शिता कायम गर्नसमेत सोसल मिडियाहरुसँग माग गरेका छन् । स्मरण रहोस् हालैमात्र टिम्बरल्याण्ड तथा नर्थफेसलगायतका ब्राण्डहरुले फेसबुकमा विज्ञापन बन्द गरेको घोषणा गरेका थिए । त्यो सँगै फेसबुकले आफ्नो प्लाटर्फममा आउने हानिकारक तथा गलत पोष्ट तथा समाचारहरुलाई छुट्टाइदिने घोषणा गरेको थियो ।

    साथै कुनै निश्चित जाति, उत्पत्ति, राष्ट्रियता, धर्म तथा लैंगिकता भएका वा आप्रवासीहरुको हैसियतमा रहेका मानिसहरु अरु कोही मानिसका लागि खतराको रुपमा रहेको भन्ने सामाग्री तथा दाबीहरु राखिएका कुनैपनि विज्ञापनलाई फेसबुकमा बन्देज लगाइने समेत सीईओ मार्क जुकरबर्गले बताएका छन् । @Onlinekhabar

    प्रतिक्रिया दिनुहोस