२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

पहिरो जाँदा आमा-छोरी बेपत्ता

  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • दार्चुला- दार्चुलाको नौगाड गाउँपालिका—६, परिगाउँमा पहिरो जाँदा स्थानीय दुई जना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षति भएको छ । बेपत्ता हुनेमा ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी छोरी ६ वर्षीया रेवती ठगुन्ना रहेको स्थानीय सन्तोषसिंह ठगुन्नाले जानकारी दिए ।

    पहिरोले परिगाउँमा मात्रै आबि परिगाउँको विद्यालय भवन, २८ बाख्रासहित बाख्रा फर्म, तीन वटा पानी घट्ट बगाएको छ । स्थानीयका तीन घर पूर्ण रुपमा क्षति हुनुका साथै पाँच परिवारको खेतबारी बगाएको छ ।

    प्रतिक्रिया दिनुहोस