२०८१ फागुन ५, सोमबार | Mon, 17, Feb, 2025
नेता भित्रै थुनेर एमाले कार्यालयमा तालाबन्दी

यातायात कार्यालय सार्न लागिएको भन्दै ओखलढुंगामा आन्दाेलन

  • २०८१ माघ १४, सोमबार मा प्रकाशित ३ हफ्ता अघि
  • ओखलढुंगा-  ओखलढुंगाको रुम्जाटारमा रहेको यातायात कार्यालय कोसी प्रदेश सरकारले हर्कपुरमा सार्न लागेको भन्दै स्थानीय र रुम्जाटारका एमाले कार्यकर्ताहरुले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् । नारा जुलुससहित आएका युवा, स्थानीय र एमालेका कार्यकर्ताहरुले तालाबन्दी गरेका हुन् ।

    जिल्ला कमिटी बैठकको तयारीका लागि परामर्श बैठक बसीरहेका बेला आक्रोसित समुहले ताला लगाएको हो । ताला लगाएपछि नेताहरु कार्यालय भित्रै थुनिएका छन् । बैठकको तयारी भइरहँदा आफुँहरुसहित केन्द्र र प्रदेशका नेताहरु भित्रै थुनिएको एमाले जिल्ला उपाध्यक्ष कमल न्यौपानेले बताए । सहजिकरणको काम भइरहेको र समाधान आउने पनि उनले बताए ।

    कार्यकर्ता र स्थानीयले एमालेको प्रष्ट भुमिका खोजेका छन् । उनीहरुले जिल्ला कमिटीले बैठकबाटै उक्र मुद्दा समाधान गर्न मुख्यमन्त्रीलाई दवाव दिनुपर्ने माग गरेका छन् । कोसी प्रदेश सरकार एमाले नेतृत्वकै रहेकाले रुम्जाटारबाट कार्यालय सार्न खोजिएको भन्दै उनीहरुले एमाले कार्यालयमा ताला लगाएका हुन् ।

    चार बर्ष पहिले कार्यालय स्थापना भइ सेवा दिइरहेको र जग्गा प्राप्तीका लागि स्थानीयले जग्गा दिए पनि प्रदेश सरकारले पास गर्न सहमति नदिइरहेको अवस्थामा मानेभञ्ज्याङको हर्कपुर स्थापनाको तयारी भइ पत्राचार भएको थियो । स्थानीय र एमाले नेता अम्बीर गुरुङ लगायतको दवावपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हर्कपुर पटके कर संकलन केन्द्र राख्न अर्को पत्र पठाएको छ ।

    स्थानीय भने सार्ने षड्यान्त्र भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कार्यालय रुम्जाटारमै राख्ने र जग्गा प्राप्तिका लागि अनुमति नदिएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीमध्येका एक युवा विवेक तामाङले बताए । यस कार्यालयबाट सवारी नविकरण चालक अनुमति पत्र वितरण कर संकलन लगायतका काम ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्ला कार्य क्षेत्र रहने गरि सेवा प्रदान हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस