२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

पहिराेमा पुरिएर ६ जना वेपत्ता

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • कालीकोट- नरहरीनाथ गाउँपालिकाको  ७ बागामा पहिरो जाँदा एकै परिवारका ६ जना वेपत्ता भएका छन् । गएराती ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ जना वेपत्ता भएका छन् भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

    वेपत्ता हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

    उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढालाई उद्धार गरी कुमालको स्वास्थ्य चौकीमा ल्याएको थियो। त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको हो। घरमा पुरिएकाको खोजी गर्न प्रहरी चौकी कुमालगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको डीएसपी ओलियाले बताए ।

    कालीकोटको नरहरीनाथ गाउँपालिकाको  ७ बागामा पहिरो जाँदा एकै परिवारका ६ जना वेपत्ता भएका छन् । गएराती ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर ६ जना वेपत्ता भएका छन् भने एकजना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

    वेपत्ता हुनेमा गंगेसहित उनकी श्रीमती ६२ वर्षीया मैना बुढा, २४ वर्षीया बुहारी उषा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

    उनकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढालाई उद्धार गरी कुमालको स्वास्थ्य चौकीमा ल्याएको थियो। त्यहाँ उनको उपचारका क्रममा मृत्यु भएको हो। घरमा पुरिएकाको खोजी गर्न प्रहरी चौकी कुमालगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको डीएसपी ओलियाले बताए ।

    प्रतिक्रिया दिनुहोस