२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

इरानको क्लिनिकमा विष्फोट, १३ जनाको मृत्यु

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  •  काठमाडौं-  इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

    इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

    विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो । टेलिभिजन च्यानलहरुले विष्फोटपछि आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

    यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो । त्यही कारण  ग्यास लिक भनिएको थियो ।@Onlinekhabar

    प्रतिक्रिया दिनुहोस