२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

एक करोड पाँच लाखमा काेराेना संक्रमण, ५७ लाख घर फर्किए

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमित संख्या १ करोड पाँच लाख ८३ हजार ८ सय ७८ पुगेको छ । विश्व स्वस्थ्य संगठनका अनुसार विगत २४ घण्टामा मात्रै एक लाख ७० हजार पाँच सय ५२ जना संक्रमित थपिएका छन् ।

    हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख १३ हजार एक सय ३९ पुगेको छ । त्यस्तै, ५७ लाख ८३ हजार नौ सय ८३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    विगत २४ घण्टामा मात्रै कोरोनाबाट एक लाख ७० हजार ५ सय ५२ जना संक्रमित भएका छन् भने पाँच हजार २५ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । दोस्रो प्रभावितमा ब्राजिल रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    नेपालमा हालसम्म १३ हजार ५ सय ६४ जनामा संक्रमण देखिएको छ । २९ जनाले ज्यान गुमाएका छन् भने ३ हजार एक सय ९४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । @Janatasamachar

    प्रतिक्रिया दिनुहोस