२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

घुस माग्ने अख्तियारकाे फन्दामा

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • दैलेख- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई घुससहित पक्राउ गरेको  छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । उनीहरुले दैलेखको भगवतीमाई गाउँपालिका-३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्न भएपश्चात भुक्तानीमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग धुस मागे गरेको जनाएको छ।

    कार्यालयका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल र सव-इन्जिनियर विरेन्द्र चन्दले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा टोलीले निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ललाई कार्यालय परिसरबाट र सव-इन्जिनियर विरेन्द्र चन्दलाई खटिगएको कार्यस्थलबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताए ।

    नियन्त्रणमा लिए पश्चात खानतलासी गर्दा निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लको आवासबाट २ लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद गरिएको आयोगले जनाएको छ।आयोगले निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्ल, सव-इन्जिनियर विरेन्द्र चन्द, सव-इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिइ थप अनुसन्धान थालेको छ । –अन्नपूर्णबाट 

    प्रतिक्रिया दिनुहोस