२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दुर्घटनामा आमा–छोराको मृत्यु

  • २०७७ अषाढ १७, बुधबार मा प्रकाशित ३ साल अघि
  • जनकपुरधाम- धनुषाको क्षिरेश्वरनागथ नगरपालिका ४ हरैयामा बुधबार भएको मोटरसाइकल दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ ।

    जनकपुर-ढल्केबर सडक खण्डमा पर्ने हरैयामा ज ३प ७०४२ नम्बरको मोटरसाइकल सडक छेउको खम्बामा ठोक्किँदा चालक जनकपुरधाम उपमहानगरपालिका- २० देवपुर रुपैठाका २५ बर्षीय विजय शर्मा र उनकी ४५ बर्षीया आमा धर्मवतीदेवीको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

    दुर्घटनामा गम्भीर घाइते भएका विजयलाई अस्पताल लग्ने क्रममा बाटोमै र उनकी आमाको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस