२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

गण्डकीमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • स्याङ्जा – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ६ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

    नयाँ थपिनेमा नवलपरासी बर्दघाट सुस्तापूर्बका २ महिला सहित ७ जना, तनहुँका १ जना, बाग्लुङका २ जना, म्याग्दीका ३ जना, कास्कीका २ जना र स्याङ्जाका १ जना रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

    गण्डकी प्रदेशका कोरोना सङक्रमित एक हजार ७९ मध्ये २ सय ९६ जना निको भएर घर फर्किएका छन् । आज विहान गोरखाका ४४ वर्षका पुरुषको ज्यान गएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस