२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

सीमा विवादबारे चीन-भारत वार्ता

  • २०७७ अषाढ २२, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  चीन र भारतबीच जारी रहेको सीमा विवादलाई लिएर चिनियाँ विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच भिडियो वार्ता भएको छ ।

    वार्तालगत्तै चिनिया सेना सीमा क्षेत्रमा विवादित भूमिबाट केही कदम पछि हटेको भारतीय सञ्चारमाध्यमले दावी गरेका छन् ।

    हिन्दुस्तान टाइम्सका अनुसार डोभल र यीबीचको वार्ता लद्दाखमा जारी तनावलाई समाधान उन्मुख कसरी गराउने भन्नेमा केन्द्रित थियो । केही दिन अगाडि दुई पक्षबीच भएको झडपमा २० जना भारतीय सैनिकको मृत्यू भएको घटनालाई लिएर दुवैले दुख व्यक्त गरेका थिए । आगामी दिनमा यस्तो स्थिति आउन नदिन दुवैजना सहमत भएको सरकारी अधिकारीलाई उधृत गर्दै समाचारमा जनाइएको छ ।

    भारतीय विदेश मन्त्रालयले पनि डोभल र यीबीच ‘खुलस्त र गहिरो विचार आदानप्रदान भएको’ उल्लेख गरेको छ ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत–चीन सीमा क्षेत्रमा पूर्ण शान्ति र स्थिरताको पुनर्वहालीका निम्ति एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) मा दुवैतर्फका सैनिकहरुको उपस्थिति घटाउन आवश्यक भएकोमा सहमति भएको छ ।’

    यही वार्ताको प्रभावस्वरुप तत्काल चिनिया सैनिक गलवान क्षेत्रको विवादित भूमिबाट एक किलोमिटर पछि हटेको समाचारमा उल्लेख छ । तर, दुवै देशका सरकारले यसबारे केही भनेका छैनन् । एजेन्सी

    प्रतिक्रिया दिनुहोस