२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

फेसबुकले किन डिलिट गर्‍यो ट्रम्पको स्टाटस ?

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

    ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।

    फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ -अनलाइखबरबाट

     

    प्रतिक्रिया दिनुहोस