२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
नेकपा विवाद

विभाजन राेक्न ६३ भाइकाे माेर्चा, हाेलान् त सफल ?

  • २०७७ श्रावण २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६३ जना सांसदहरुले शीर्षनेताहरुको विवादले पार्टी विभाजनको डिलमा पुगेको भन्दै कुनै पनि पक्षमा नलाग्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

    आइतबार संघीय संसद सचिवालयमा पत्रकार सम्मेलन गरी नेकपा सांसदहरुले अबदेखि कुनै पनि गुटको पक्ष र विपक्षमा अभिव्यक्तिसमेत नदिने लिखित प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्तो प्रतिवद्धता सार्वजनिक गर्नेहरुमा केपी ओली र प्रचण्ड-माधव दुवै गुटका सांसदहरु छन् ।

    आइतबारसम्म ६३ जनाले हस्ताक्षर गरेको प्रतिवद्धतापत्रमा भनिएको छ- पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधहरुलाई मूर्त वा अमूर्त ढंगले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरुबाट सार्वज्निक ढंगले पक्ष-विपक्षमा अभिव्यक्ति दिने वा सहभागी हुने छैनौं ।

    तीनबुँदे प्रतिवद्धतापत्रमा पार्टीमा देखिने सबै प्रकारका अन्तरविरोधहरुलाई पार्टीको विचार सिद्धान्तले निर्देशित गरेको पद्दतिअनुसार हल गरिनुपर्ने उल्लेख छ । उनीहरुले पार्टीको एकता महाधिवेशनसम्म विधान र एकताको भावना समेटिने गरी सामूहिक पहलकदमी हुनुपर्ने जनाएका छन् ।

    सांसद यज्ञराज सुनुवारले आफूहरु जनताबाट निर्वाचित भएर आएको हुनाले माथिका नेताबीचको झगडाले तल कस्तो निराशा छाएको छ भन्ने अनुभूति रहेको बताए ।उनले केही नेताको वरिपरि घुम्ने र जन्मदिनमा केक बोकेर जानेबाहेक सबै कार्यकर्ता विभाजनको विपक्षमा रहेको बताए ।

    पार्टी एकीकरणको प्रक्रियालाई पूर्णता दिई देशब्यापी संगठन विस्तार गर्दै महाधिवेशनमा लाग्नुपर्ने बेला पार्टीमा अनावश्यक विवाद सिर्जना गरिएको उनीहरुले बताएका छन् । केपी ओली पक्षका कृष्णप्रसाद दाहालको अध्यक्षता र प्रचड पक्षका सुरेशकमार राईको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा तीनै गुटका सांसदहरुले बोलेका थिए ।

    दुवै गुटको पक्षविपक्षमा नलाग्ने प्रतिवद्धता जनाइएको पत्रकार सम्मेलनमा रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, विशाल भट्टराई, जीवनराम श्रेष्ठ, गणेश पहाडी, अञ्जना विशंखे, राजबहादुर बुढा, नारदमुनि रानालगायतले पार्टी विभाजन हुन नदिन अब कुनै पनि गुटको पक्ष-विपक्षमा विभाजित नहुने प्रतिवद्धता जनाएका थिए ।

    भेलाका अध्यक्ष अर्थ समितिका सभापतिसमेत रहेका दाहालले विगतमा जुन गुटमा हस्ताक्षर गरेको भए पनि आजकै मितिबाट पार्टी विभाजन वा कसैलाई हटाउने प्रयोजनले गरिने अभियानमा हस्ताक्षर नगरिने बताए । उनले बहुसंख्यक सांसदको अभियानले शीर्ष नेतालाई दबाव दिने बताए ।

    अर्का सांसद यज्ञराज सुनुवारले आफूहरु जनताबाट निर्वाचित भएर आएको हुनाले माथिका नेताबीचको झगडाले तल कस्तो निराशा छाएको छ भन्ने अनुभूति रहेको बताए ।उनले केही नेताको वरिपरि घुम्ने र जन्मदिनमा केक बोकेर जानेबाहेक सबै कार्यकर्ता विभाजनको विपक्षमा रहेको बताए ।

    सांसदहरु विशाल भट्टराई र गणेश पहाडीले आफूहरुका टाउको गनेर पार्टी विभाजन गर्ने खेल नखेल्न नेतृत्वलाई चेतावनी दिए । पार्टी विभाजन हुँदा कसैको पनि भविष्य सुरक्षित नरहेकाले अहिले पक्ष वा विपक्षमा लागेर विभाजनलाई बल पुग्न नदिइने उनीहरुले बताए ।

    प्रतिक्रिया दिनुहोस