२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओली-मोदी फोनवार्ता: द्विपक्षीय छलफल गर्ने सहमति !

  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेपाल र भारतका प्रधानमन्त्रीबीच दुई पक्षीय सम्बन्धमा निकट भविष्यमा छलफल हुने सहमति भएको छ ।

    भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ‘दुई देशका प्रधानमन्त्रीले निकट भविष्यमै दुई पक्षीय सम्बन्धका बारेमा छलफल गर्ने सहमति भएको छ’, परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । कुराकानीमा ओली र मोदीले १० अप्रिल २०२० मा भएको संवादको समेत सम्झना गरेका छन् ।

    शनिबार बिहान भएको टेलिफोन कुराकानीका क्रममा ओली र मोदीबीच विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को असर काम गर्ने विषयमा छलफल भएको छ ।

    कुराकानीका क्रममा दुई देशले कोरोना संक्रमण रोकथामका लागि गरिरहेको कामका बारेमा आफ्नो अनुभवसमेत साटेका छन् । दुई प्रधानमन्त्रीबीच कोरोना असर नियन्त्रणका लागि मिलेर अगाडि बढ्ने सहमतिसमेत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस