२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

मेयर नै संक्रमित भएपछि ‍‍……..

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  काेराेनाबाट सर्वसाधारण मात्र हाेइन कि प्रशासक र जनप्रतिनिधि पनि संक्रमित भइरहेका छन् । यस्ता घटनाले संक्रमण राेकथाम तथा नियन्त्रणमा चुनाैति थपेकाे छ । पर्साको पोखरीया नगरपालिका मेयरसहित ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पोखरीयाकाका नगर प्रमुख दिप नारायण रौनीयार मन्टु, उनका परिवारका सदस्य, स्वकीय सचिव, सवारी चालक सहित ३३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाकी उपप्रमुख सलमा खातुनले जानकारी दिइन् ।

     

    उनका अनुसार साउन २६ गते पोखरीया नगरपालिकामा नगर प्रमुख रौनियारसहित ३४ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि नारायणी अस्पतालले काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो । आइतबार साँझ ३४  मध्ये ३३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको खातुनले बताइन् ।

    संक्रमण पुष्टि हुनेमा पोखरीया नगरपालिका–४ का वडाध्यक्ष लक्ष्मण साह कानु, पोखरीया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल यादवसहित ३ चिकित्सक, दुई नर्समा पनि  रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस