२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहाेस्

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

    पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।

    परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए ।

    विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

    यसरी थाहा पाउनुस् नतिजाः

    टेलिफोनः

    नेपाल टेलिकमको १६०० मा डायल गरेर निर्देशन बमोजिम नतिजा थाहा पाउन सकिन्छ ।

    एसएमएसः

    नेपाल टेलिकम र एनसेलको १६०० र इजी सर्भिसको ३४९४९ नम्बरमा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

    वेभसाइटः

    माध्यमिक शिक्षा परीक्षा कक्षा १०राष्ट्रिय परीक्षा बोर्डशिक्षा तथा मानव विकास केन्द्रनेपाल दुरसञ्चार प्राधिकरण वा एनसेलको वेभसाइटमा गएर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० र नेपाल टेलिकमको वेभसाइटमा जन्म मिति र सिम्बोल नम्बर राखेर ग्रेड तथा स्तरीकृत अंक (जिपिए) हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस