२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

‘संक्रमित भनिएका व्यक्तिकाे रिपाेर्ट आउनै बाँकी ! कसरी फैलियाे अफवाह ?

Thumbnail
  • २०७७ भाद्र १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- शुक्रबार विहानै सिस्नेरीबाट नवराज खड्काले फाेन गरेर भने, ‘अपस्पताल सिल भन्ने खबर आयाे त, के हाे ?’ मसँग कुनै जवाफ थिएन, ‘बुझेर भनाैंला’ भनेर फाेन राखें  ।

    किन अस्पताल सिल भन्ने प्रश्नकाे जवाफ खाेज्दै जाँदा जिल्लाबाट संचालित अनलाइनहरुमा एक जना नेपाली सेनाका जवान जसलाई रुम्जाटारस्थित जिल्ला अस्पताल र सामुदायिक अस्पताल साेब्रुमा उपचार गरेर ठिक नभएपछि रेफर गरिएकाे थियाे, तिनलाई काेराेना स‌ंक्रमण पुष्टि भएकाे र साे पुष्टि स्वास्थ्य कार्यालयले गरेकाे भन्ने समाचार पढें ।

    थप कुरा बुझ्न स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीलाई फाेन गरेँ । ब्यस्त देखायाे । यतिबेलासम्म जिल्लाका सबैजसाे अनलाइन तथा फेसबुकमा एक सैनिक जवान जसलाइ जिल्लामै उपचारपछि काठमाण्डाैंमा थप उपचार गर्न पठाइएकाे थियाे, उनैलाई काेराेना स‌ंक्रम भएकाे तर आधिकारिक रिपाेर्ट आउन बाँकी भनेर लेखिइसकेकाे रहेछ । स्वास्थ्य प्रमुख तिवारीकाे काेट गरेर आएका समाचारलाई विश्वास नगर्ने कुरा भएन ।

    यसबीचमा तिवारीसँग कुरा हुँदा उनले पनि ‘लक्षण देखिएकाे थियाे, संक्रमण भएकाे भन्ने खबर आएकाे छ रिपाेर्ट आउन बाँकी छ’ भने । यही भनाइ काेट गरेर समाचार लेख्दै गर्दा अरिदमन गणका गणपति विशाल स‌िंहले फाेन गरेर ‘एउटा हल्ला सुन्नुभयाे हाेला रिपार्ट चैं आएकाे छैन है’ भने । म अलमलमा परें ।

    अनि साेधे‌ं – ‘वास्तविकता चाँही के हाे त ?’ उनले ‘ एक जवानकाे ओखलढुंगाका दुवै अस्पतालमा उपचार गरिएकाे, लक्षण पनि काेराेनाकाे जस्तै देखिएकाे, थप उपचारका लागि काठमाण्डाैं लगिएकाे तर काेराेना परिक्षणकाे रिपाेर्ट चाँही आउन बाँकी रहेकाले सञ्चारकर्मी साथिहरुलाई यही सुचना दिइिदन’ आग्रह गरे ।

    यसरी सेना र स्वास्थ्य प्रमुख तिवारीकाे कुरा नमिले पछि फेरि तिवारीलाई फाेन गरेँ  । कुरा बुझ्दा उनलाई रुम्जाटार अस्पतालबाट संक्रमण  भएकाे खबर आएकाे, अस्पतालमा विरामीसँग रहेका व्यक्तिले जनाएकाे भन्ने सुचना आएकाले साेही कुरा गरेकाे तर रिपाेर्ट नआएकाे बताए । यसरी प्रारम्भिक सुचनालाई आधार मानेर दिइएकाे सुचनाका आधारमा लेखिएका विषयवस्तुले नै अन्याैलता सिर्जना गरेकाे हाे ।

    अझ बजारमा त के सम्म पनि सुनियाे भने ‘संक्रमित व्यक्ति त मरि सके रे, कुरा लुकाउन बहाना बनाएकाे रे ।’  मिसन अस्पतालमै सास फेर्न समस्या भएकाे व्यक्ति मरेकाे छ भन्ने अर्काे हावादारी कुरा फेसबुकभर भाइरल रहेछन् । यसले थप त्रास सिर्जना गर्याे ।

    अस्पतालहरु शिल गर्न लागेकाे पनि समाचार आए तर, शिल नभएर ओपिडि सेवा चाँही तत्काल बन्द गर्ने र सतर्क रहने भनिएकाे सहायक सिडिओ तुलसी भट्टराईले बताएका छन् । सुचना प्रवाहमा देखिएकाे कमजाेरीले आतंक फैलियाे । यसर्थ गम्भीर विषयका सुचना हचुवामा प्रवाह गर्न हुन्न भन्ने पाठ सबैले सिक्न जरुरी छ ।

    तर, किन परिपक्व नभएका सुचना जिम्मेवार व्यक्तिबाट प्रवाह गरियाे ? र त्यस्ता हावादारी सुचना दिने रुम्जाटार अस्पतालका व्यक्ति काे हुन् ? सवास्थ्य प्रमुख तिवारीले नखुलाए पनि यसरी सरकारका आधिकारिक निकायबाट सुचना सुनेका आधारमा किन दिइयाे भन्ने सवाल अहिले बजारमा ‘हटकेक’ बनेकाे छ । र, अहिले याे अपडेट विहानकाे ९:४० सम्म ति संक्रमित भनिएका जवानकाे परिक्षण रिपाेर्ट के हाे भन्ने पु्ष्टि हुन बाँकी रहेकाे छ ।  सहायक सिडिओ भट्टराईले शनिवार बिहानसम्म रिपाेर्ट पठाउन काठमाण्डाैंलाई कुरा गरेकाे जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस