२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

एकै परिवारका १० सहित १५ जनामा कोरोना संक्रमण

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका ३ चैनपुरटोलमा एकै परिवारका दश जना सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गत भदौ ६ गते कोरोना पुष्टि भएका ५३ वर्षीय पुरुषको मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा परिवार र घरका कामदारहरुको स्वाव संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परिक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको रोहिणी गाउँपालिकाका स्वास्थ्य प्रमुख रामनिवास चौधरीले जानकारी दिए ।

    उनका अनुसार संक्रमण देखिएका १७ वर्ष देखि ६९ वर्ष उमेर समूहका छन् । जसमा ८ जना पुरुष र ७ जना महिला छन् । संक्रमण पुष्टि भएका १० जना मृतक परिवारका सदस्य हुन् भने पाँच जना सोही घरमा काम गर्ने कामदार हुन् ।

    प्रतिक्रिया दिनुहोस