२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

राेकिएन वामदेव राेक्ने खेल: अर्थमन्त्रीमा फेरि खतिवडा ?

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • राष्ट्रिय सभामा रिक्त एक जना सांसदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई कुनै पनि हालतमा मनोनित नगरी नहुने अवस्था बढेपछि बालुवाटारले नयाँ जुक्तिको तयारी गरेको छ । ‘साँप  मर्ने,लट्ठी पनि नभाँचिने’ सिद्धान्तमा राष्ट्रिय सभामा अर्को एक मनोनित सिट खाली गरेर गौतमसँगै खतिवडालाई पनि एकैचोटी सांसद बनाउने सोच बनेको तर त्यो त्यत्तिकै तुहिएको अवस्था छ ।

    गौतम र खतिवडालाई एकैचोटी मनोनित गर्न पाउँदा अर्थमन्त्रीमा युवराजलाई नै तेह्रयाउन पाइने भएकाले पनि बालुवाटार ढुक्क देखिएको थियो । उता, त्यहि मेसोमा गौतमलाई राष्ट्रिय सभामा मात्र सिमित गर्न सकिने भएकाले वास्तविकता थाहा पाउँदापाउँदै बालुवाटार उक्त असफल खेलमा लागेको हुनसक्ने बताइन्छ ।

    खतिवडालाई पनि सँगै मनोनित गर्ने हो भने राष्ट्रिय सभाका राई र बिडारीमध्ये एकजनाले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, राई महिला कोटाकी हुन् भने खतिवडा अग्लो पुरुष भएकाले महिला कोटामा मनोनित गर्न विज्ञानबाहेक विद्यमान कानुनबाट सम्भवः छैन । बिडारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अति निकट भएकाले उनलाई राजीनामा गर्न लगाएर खुमलटार पनि ‘बाख्राको पुच्छर काटेर बोकालाई सजिलो’ बनाउने पक्षमा देखिँदैन

    तर, राष्ट्रिय सभामा सरकारको सिफारिशमा राष्ट्रपतिले गर्ने मनोनित सांसदको संख्या जम्मा तीन जना रहेको छ । त्यसमध्ये यसअघि नै खतिवडासँगै मनोनित दुई जना सांसदमा रामनारायण बिँडारी र विमला पौडेल राई हुन् । बिडारी पूर्व एमाओवादीको तर्फबाट मनोनित भएका हुन् भने राई महिला कोटामा परेकी पूर्व एमाले हुन् ।

    खतिवडालाई पनि सँगै मनोनित गर्ने हो भने राष्ट्रिय सभाका राई र बिडारीमध्ये एकजनाले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । तर, राई महिला कोटाकी हुन् भने खतिवडा अग्लो पुरुष भएकाले महिला कोटामा मनोनित गर्न विज्ञानबाहेक विद्यमान कानुनबाट सम्भवः छैन । बिडारी अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अति निकट भएकाले उनलाई राजीनामा गर्न लगाएर खुमलटार पनि ‘बाख्राको पुच्छर काटेर बोकालाई सजिलो’ बनाउने पक्षमा देखिँदैन ।

    अर्कोतर्फ, एउटा विशुद्ध ‘टेक्नोक्रयाट’को हैसियत बनाएका खतिवडाप्रतिको आशक्तिले स्वयम् प्रधानमन्त्रीको राजनीतिक योग्यता, क्षमता, इच्छाशक्ति र उचाईमाथि नै प्रश्नचिन्ह तेर्सिएका भावनाहरू यसबीच सामाजिक सञ्जालमा पोखिएका छन् ।

    राजनीतिक लडाईंमा धेरैजना नेतालाई अवसरबाट बञ्चित गराउँदै आजीवन लाभप्रदका उच्च पदमा बस्ने खतिवडालाई नै बारम्बारको अवसर दिएकोप्रति सबैले निधार खुम्चाएका छन् । प्रधानमन्त्रीको अर्थमन्त्रीप्रतिको मोहले आफ्नो जिऊ, ज्यानको बाजी र परिवारलाई दाउमा राखेर आजीवन राजनीतिमा होमिएकाहरूको एकपछि अर्को गरी अपमानसमेत भएको छ ।

    उता, भारतीय काँग्रेसले पनि इमान्दार र विश्वसनीय ‘टेक्नोक्रयाट’ भन्दै डा. मनमोहन सिंहलाई गभर्नर,वित्तमन्त्री र प्रधानमन्त्री बनाउने अपरिपक्व निर्णय गरेको थियो । अहिले त्यहि निर्णयले भारतीय काँग्रेसको हालत संसदमा वैधानिक विपक्षीको हैसियतबाट समेत झरेको छ । खतिवडाप्रतिको अप्राकृतिक मोहले प्रधानमन्त्री तथा नेकपा अध्यक्षका कारण आगामी निर्वाचनमा नेकपाको त्यहि हालत नहोला भन्न सकिन्न ।

    साभार: जनआस्था

    प्रतिक्रिया दिनुहोस