२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

सरकारी जागिरे विरेन्द्र ग्यावा कसरी भए स्वास्नी पीडित ? (भिडियाेसिहत)

  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- स्वास्नी पीडितको उदाहरण दिँदा विरेन्द्र ग्यावा तामाङको नाम आउँछ । घर धन्दा सबै उनैले गर्नुपर्छ । सरसफाइदेखि बच्चा स्कूल पठाउनेसम्म, बुढीका लुगा धुनेदेखि भाँडा माझ्नेसम्म ।

    उनकी बुढी मेकअप गरेर सेल्फी खिच्ने भात खाएर अफिस जाने गर्छिन् । दिनदिनै गाली उनैले खानुपर्छ । उनी दिक्दार छन्, यस्ती स्वास्नी परेकोमा ।

    तर, हामीले चिनेकाे सरकारी जागिरे, सिद्धिचरण नगरपालिकाको कृषि शाखाका प्राविधिक सहायक विरेन्द्र ग्यावा तामाङ कसरी स्वास्नी पीडित भए भन्ने तपाईंलाई पर्ला, तर उनको यो वास्तविक जीवन भने होइन । वास्तविक जीवन उनको निकै सानदार छ । उनले गीतको भिडियोमा पीडित पतिको रोल मात्रै खेलेका हुन् ।
    हाइलाइट्स नेपालले बजारमा ल्याएको कमेडी गीतको भिडियो स्वास्नी पीडित उनैले बनाएका हुन् । अभिनय पनि आफैंले गरेका छन् । रचना पनि उनैको हो ।

    सानुकुमार चेम्जोङले गाएको उक्त गीतमा पीडित पतिको रोल उनी आफूले खेलेका छन्, भने पतिलाई सताउँदै हैरान पारेर डन पल्टिने स्वास्नीको भूमिकामा मोडल बर्षा थिङ छन् ।

    युट्यूवमा चर्चामा रहेको यो भिडियो यहाँ हेर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस