२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भारतद्वारा पबजी सहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

  • २०७७ भाद्र ३१, बुधबार मा प्रकाशित ३ साल अघि
  • नइदिल्ली- चीनसँग तनाब बढ्दै जाँदा भारत सरकारले ‘पबजी’ सहित १ सय १८ वटा चिनियाँ ‘एप्स’बन्द गरिदिएको छ ।

    सीमाक्षेत्र लद्दाखमा दुई देशका सैनिकबीच झडप भएको एक साताभित्रै भारत सरकारले भारतमा अत्याधिक उपभोग हुने चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको हो । भारत सरकारले विज्ञप्ति निकाल्दै देशको सार्वभौमसत्ता र अखण्डता, रक्षा र सुरक्षाको लागि यस्तो कदम चालेको जनाएको छ ।

    ‘टेन्सेन्ट होल्डिङ्स लिमिटेड’को भिडियो गेम पबजी विश्वभर अत्याधिक प्रयोगमा आउने एप्स हो । जुन ‘टप ५’ स्मार्टफोन गेम्समा पर्छ । भारतमा भने ५ करोड सक्रिय पबजी प्रयोगकर्ताहरु छन् ।

    सूचना प्रविधि ऐनको सेक्सन ६९ ए अन्तर्गत चिनियाँ एप्सहरमाथि प्रतिबन्ध लगाएको यहाँको विद्युत तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यही वर्षको जुन महिनामा पनि भारत सरकारले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस