२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

हाँस्यकलाकार एकदुमे (सुवाेध गाैतम) र पत्रकार किशाेर गाैतमलाई पितृशाेक

  • २०७७ आश्विन ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेपाली हास्य जगतका चर्चित हाँस्य कलाकार सुबोध गौतम (एकदुमे) र थाहा खबरका जिल्ला व्यूराे प्रमुख किशाेर गाैतमलाई पितृशोक परेको छ । गौतमद्वयका पिता ६२ वर्षीय शिवकुमार गौतमको आईताबार आफ्नै निवास ओखलढुंगाको कुन्तादेविमा निधन भएको हो ।

    लामो समय देखि दमबाट पीडित गौतमलाई थप समस्या भए पछि उपचारको लागि जिल्लाकै सामुदायिक (मिशन) अस्पताल सोब्रुमा दुई हप्ता राखेर स्वास्थ्यमा केहि सुधार आए पछि २० दिन अघि घर लगिएको गौतमका परिवारले जनाएका छन् ।

    करिव पन्ध्र बर्ष अघिदेखि हास्य क्षेत्रमा लागेका  सुवाेध गौतमले हर्के हवलदार, भद्धगोल, सक्किगोनी लगाएत आधा दर्जन टेलिसिरियलमा अभिनय गरेका छन् । गौतमले भद्धगोल र सक्किगोनिमा प्रयोग गरेको थेगो एकदुमसँले हाल निक्कै चर्चामा छ ।

    किशाेर त्यस्तै चर्चित अनलाइन पत्रिका थाहा खबरका व्यूराे प्रमुखमा कार्यरत छन् । त्यस्तै घनश्याम र ठगिराज गरि उनका ४ भाइ छाेरा छन् ।

    प्रतिक्रिया दिनुहोस