२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
नेकपा विवाद

ओलि-प्रचण्ड टेलिफाेनमै तँ त म म: सचिवालय बाेलाए देव गुरुङ र महेन्द्र उडाइ दिने !

  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • आइतबार बिहान बालुवाटारमा बोलाइएको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूको छलफलमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई हटाउने र कर्णाली प्रदेश सरकारलाई बर्खास्त गरी भारतमा झैं प्रदेश प्रमुख (राज्यपाल) मार्फत रास्ट्रपति शासन लगाउने प्रस्ताव एक्कासी राख्नुभएको समाचार छ ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूबिरुद्ध अविश्वासको प्रस्ताव आएपछि लगत्तै त्यहाँका सचेतक गुलावजङ्ग शाहलाई हटाएर आफू पक्षधर सीता नेपालीलाई जिम्मेवारी सुम्पिएका थिए ।

    संसदीय व्यवस्थामा संसदीय दलको बैठकको निर्णयलगायतका विषयमा प्रमुख सचेतकको महत्वपूर्ण भूमिका हुन्छ । कथमकदाचित आफूबिरुद्ध अविश्वास प्रस्ताव पेश भएमा गुरूङ्गले त्यसको सहजिकरण गर्नसक्ने सम्भावना देखेपछि उनलाई हटाउने खेल खेलिएको बताइन्छ । प्रमुख सचेतक राख्ने वा हटाउने भन्ने विषय संसदीय दलका नेताको विशेषाधिकारभित्र पर्दछ ।

    यसबीच संसदीय दलमा स्पष्ट बहुमत पुर्याउन प्रधानमन्त्रीले गर्नुभएको अनेकौं पटकको प्रयास सफल हुन सकेको छैन । बहुमतको लागि सँधै पाँचदेखि दश जनाको अभाव भएपछि बालुवाटार प्रमुख सचेतक हटाउने सजिलो खेलमा लागेको अर्थ लगाइएको छ । उता,कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठनको तयारी अध्यक्ष प्रचण्डको निर्देशनपछि अन्तिम समयमा रोकिएको बताइएको छ ।

    तपाईंले नचिताएको र नसोचेको कुरो म एक मिनेटमा गरेर देखाइदिनेछु । पार्टी फुटाउने भएपनि फुटाऔं । एक ठाउँमा बसेर साध्य हुने देखिएन । अब तपाईंले तपाईंको बाटो रोज्नुहोस्, म पनि आफ्नो बाटो लाग्छु ।

    त्यही शैलीमा र त्यसैको जवाफ दिने गरी प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले यतापनि प्रमुख सचेतक हटाउन खोज्नुभएको अनुमान छ । कर्णालीमा पहिले अविश्वास प्रस्तावको तयारी र पछि सचेतक हटाउने कार्य भएको थियो भने यता पहिले सचेतक हटाउने तयारी र पछि अविश्वासको प्रस्ताव आउने सम्भावना त्यत्तिकै रहेको घटनाक्रमले पुुष्टि गर्दै गइरहेको छ ।

    आजै साँझ खुमलटारमा छ जना सचिवालय सदस्यहरूको गहन छलफल भएको छ । बाँकी तीन जनामध्ये एक जना बालुवाटार र खुमलटारको बीचमा रहेको उनीहरूको बुझाई हो । खुमलटारको छलफलले पार्टी एकताको लागि अन्तिम पहल गर्ने निर्णयसमेत गरेको छ । उक्त पहलको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिइएको छ ।

    आजै बिहान बालुवाटारमा बसेको अर्को अर्जेण्ट मिटिङ र यसअघि धेरै वटा खास खास छलफलमा समेत महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई पूर्ण बिश्वास नगरिएको घटनालाई पनि धेरैले अचम्म मानेका छन् । हिजो प्रत्यक्ष भेटघाट गरेपनि खुलस्त नहुनुभएका दुई जना अध्यक्षबीच आज एकैछिन फोन वार्ता भएको थियो । आजको फोन वार्तामा पनि प्रधानमन्त्री तथा अध्यक्षले अर्को पक्षले पार्टीको बैठक राखेर कुनै निर्णय लिएमा आफूले एक मीनेटमै ‘एक्सन लिने’ बताउनुभएको बुझिएको छ ।

    हिजाेको फोनवार्तामा सचिवालयको बैठक बोलाउनेवारे दुईजना अध्यक्षबीच तँ तँ र म मबाहेक सबै खालको भनाभन भएको सुरक्षा श्रोत बताउँछ । त्यसबखत प्रचण्डप्रति कडा हुँदै प्रधानमन्त्रीले भन्नुभयो ‘तपाईंले नचिताएको र नसोचेको कुरो म एक मिनेटमा गरेर देखाइदिनेछु । पार्टी फुटाउने भएपनि फुटाऔं । एक ठाउँमा बसेर साध्य हुने देखिएन ।

    अब तपाईंले तपाईंको बाटो रोज्नुहोस्, म पनि आफ्नो बाटो लाग्छु । सल्लाहमै पार्टी फुटाऔं,पार्टी फुटाउनुको अन्तिम विकल्पबाहेक केही छैन । एकैसाथ जान सकिने अवस्था देखिएन । तपाईंहरूले बहुमतको आडमा सचिवालयको बैठक बोलाउने तयारी गर्ने हो भने म पनि देखाइदिनेछु ।’ जनआस्थाले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस