२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
नेकपा विवाद

धुम्वाराहीमा ओलि असुरक्षित, जाेगिएलान् त बालुवाटारमा ?

  • २०७७ मंसिर २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।
    ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ । काेराेनाकाे बहानामा नगए पनि भित्री कुरा भने उनी बैठक हुन नदिने रणनीतिमा थिए । साेही अनुसार उनी नजाने भएका हुन् ।
    ‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले बताएकाे उज्उयालाेले लेखेकाे छ ।
    शनिबारकाे सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गर्नुभएको थियो तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस