२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

यज्ञराज भन्छन्: ‘मेरै नेतृत्वमा जितकाे इतिहाँस रचियाे, पदका भाेकाहरुले संगठनका जग भत्काउँदैछन्’

  • २०७८ बैशाख ५, आईतबार मा प्रकाशित २ साल अघि
  • नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवार ओखलढुंगाबाट संघीय प्रतिनिधी सभामा निर्वाचित सांसद हुन् । एमाले र माओवादी केन्द्र बीच पार्टी एकता हुनुपूर्वको एमाले जिल्ला कमिटी ओखलढुंगाका ईञ्चार्ज समेत थिए । एमाले पुर्नस्थिापित भएपछि एमालेभित्र अध्यक्ष ओलि र माधव नेपाल समुहबीच फुट मात्रै आएको छैन एक अर्कालाई सिध्याउने तहमा विवाद पुगेको छ । ओखलढुंगामा भने ओलि समुहले साविकका एमालेका पदाधिकारी सबै हटाएर समानान्तर समिति गठन गरे पनि माधव नेपाल समुहको छुट्टै समिति छैन ।

    नेता सुनुवार भने अझै जिल्लामा नेकपा एमालेलाई २०७५ जेठ ३ गते अघिको अवस्थामा फर्काउने प्रयासमा छन् । विभाजित होइन एकताबद्ध एमाले बनाउने अभियानमा रहेको बताउने सुनुवारले साविक एमालेको बैठक बोलाएर पार्टीलाई २०७५ जेठ ३ अघि फर्काउने अभियानमा छन् । उनीसँग पत्रकार लिला सुनुवारले गरेको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

    देशभर समानान्तर समिति बनेका छन् । ओखलढुंगामा तपाइको समुहको कुनै गतिविधी छैन, तपाइहरु के गर्दै हुनुहुन्छ ?

    अहिले नेकपा एमाले र खासगरी कम्युनिष्ट आन्दोलनमा जुन घटना घटिरहेको छ, यसले अत्यन्तै आम मतदाताहरुलाई, देशबासी र नागरिकहरुलाई मर्माहत तुल्याएको छ । यसप्रति जति क्षमा मागे पनि नेतृत्व तहबाट अपुग हुन्छ । हामीले गएको निर्वाचनमा मतदाता सामू भनेका थियौं कि, अर्को निर्वाचनमा आउँदा दुई थरि चुनाव चिन्ह र दुई पार्टी भनेर आउँदैनौं । एउटै चुनाव चिन्ह र पुच्छर झुण्डिएको कम्युनिष्ट पार्टी लिएर आउँदैनौं । दुर्भाग्य भन्नुपर्छ, पार्टी एकताको पक्षमा, कम्युनिष्ट पार्टीलाई मत दिने मतदाताहरु, नागरिक र कार्यकर्ताहरु, केन्द्रिय नेताहरु कसैले पनि कुनै असहमति नराखिकन जनस्तरबाट समेत पार्टी एकता अनुमोदन भएको थियो ।

    हामीले गएको निर्वाचनमा मतदाता सामू भनेका थियौं कि, अर्को निर्वाचनमा आउँदा दुई थरि चुनाव चिन्ह र दुई पार्टी भनेर आउँदैनौं । एउटै चुनाव चिन्ह र पुच्छर झुण्डिएको कम्युनिष्ट पार्टी लिएर आउँदैनौं ।

    नेतृत्व तहमा देखिएको वैमनश्यता र खिचातानीले हामीलाई आज हामीलाई अदालतले जुन फैसला गरेको छ, २०७५ साल जेठ २ गते अघि पुर्याएको छ । यो फैसलाप्रति नै मेरो गम्भीर असहमति छ । जहाँसम्म अहिले पार्टी एकिकरण पूर्व फर्क भनेर अदातलले भनिसकेपछि पनि यसको उपयुक्तता वा अनुपयुक्तताको विषय फरक होला, तर म त्यतातिर जान चाहान्न । कम्तिमा पार्टी अध्यक्षले नबौं अधिवेशनबाट निर्वाचित सांगठानिक संरचना, पार्टीले पारित गरेको राजनीतिक प्रतिवेदन र त्यतिवेला पारित विधानका आधारमा पार्टीलाई सञ्चालन गर्नुपर्ने थियो तर, त्यसो हुन सकेन ।

    र, पार्टीको केन्द्रिय तहमै यस विषयमा ठूलो विमति रहिरहेको सन्दर्भमा देशव्यापी रुपमा नेकपा एमाले संकटग्रस्त अवस्थामा गुज्रिरहेको बेलामा ओखलढुंगा जिल्लामा कम्तिमा एमालेको आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वकै अध्यक्षतामा बैठक बसौं भनेर लामो पहल र प्रयत्न भयो । दुर्गभाग्यवश भन्नुपर्छ पदका आकांक्षीहरुले, पार्टीको, कम्युनिष्ट आन्दोलनको अग्रगतिका लागि भन्दा पद र प्रतिष्ठाको आकांक्षा बोकेका, एक हिसाबलेभन्दा किनुवा र बेचुवा मान्छेहरु राखेर समानान्तर कमिटी बनाउने, बैठक बस्ने काम भएको छ ।

    यो आठौं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वकै अध्यक्षको अध्यक्षतामा बैठक बस्नु पर्ने त्यसो गरिएन । मैले ईञ्चार्जको हैसियतले २०७५ साल जेठ २ गते नेकपा एमालेको ईञ्चार्ज थिए, जिल्ला नेतृत्व थियो, त्यो विन्दुमै बसेर बैठक बसांंै भन्ने धेरैको आग्रह र माग थियो त्यो हुन सकेन ।

    अरुले समानान्तर कमिटी बनाइ सके तपाई अझैं एकताबद्ध एमाले भन्दै हुनुहुन्छ यो कसरी संभव छ ?

    हामी अहिले जुन अवस्थामा आइ पुगेका छौं । अब नयाँ परिस्थितिबाट अघि बढ्नु पर्नेछ । पार्टीलाई एकजुट बनाएर अघि बढ्नका लागि क्रियाशिल छौं । अब त्यस्ता पदका आकांक्षी र अवसरका पछि कुद्ने, किनुवा र बिकुवा मान्छेहरु बाहेक सबै नेकपा एमाले एकढिक्का भएको देख्न चाहान्छन् । नेकपा एमालेको अगुवाइमा तमाम कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न चाहन्छन्, त्यस दिशामा मेरो पहल अझै रहन्छ ।

    दुर्गभाग्यवश भन्नुपर्छ पदका आकांक्षीहरुले, पार्टीको, कम्युनिष्ट आन्दोलनको अग्रगतिका लागि भन्दा पद र प्रतिष्ठाको आकांक्षा बोकेका, एक हिसाबलेभन्दा किनुवा र बेचुवा मान्छेहरु राखेर समानान्तर कमिटी बनाउने, बैठक बस्ने काम भएको छ ।

    कम्तिमा देशव्यापी रुपमा, केन्द्रमा जे सुकै समस्या भए पनि ओखलढुंगामा त्यो समस्या नआओस् भनेर मैले पहल र प्रयत्न गरेको थिँए, गरिरहेको छु । अब छिट्टै नै हाम्रो जसले इतिहास निर्माण गर्नुभएको भएको छ, जसले योगदान गर्नुभएको छ । तमाम देशभक्त कम्युनिष्टहरुलाई मात्रै होइन, देशभक्त, प्रगतिशील व्यक्तित्वहरुलाई एकताबद्ध बनाउनका लागि पहल र प्रयत्न गर्न सक्ने व्यक्तित्वहरुलाई राखेर उहाँहरुकै सल्लाह अनुसार चाँडै बैठक आयोजना गर्न लागेका छौं ।

    तपाइको यो प्रयत्न के सफल हुने संभावना छ र ?

    वास्तवमा सर्वोच्चको फैसला नै यही थियो र गर्नु पर्ने पनि यही थियो । आफू अनुकूल व्याख्या गर्नु भएन नि ! २०७५ साल जेठ २ गते फर्किने काम केन्द्रिय तहमा गर्नुपथ्र्यो । तर केन्द्रिय तहमा भएन भने पनि तमाम पार्टी एकताका पक्षमा उभिएका, पार्टी एकतालाई जोगाउन लागेका र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका साथीहरुको, समृद्ध ओखलढुंगा सुखी ओखलढुंगेली भनेर मरिमेटेका तमाम कार्यकताहरुको चाहना पार्टी एकताको पक्षमा छ ।

    नेकपा एमालेलाई एकताबद्ध बनाउने पक्षमा छ । संगसंगै अरु कम्युनिष्ट पार्टीहरुलाई पनि देशभक्त र प्रगतिशिल सोच राख्नेहरुलाई एक बनाएर लानका लागि हिजो पनि मेरो ध्यान थियो, आज पनि मेरो प्रयत्न जारी छ ।

    एक समुहले जिल्लामा पदाधिकारी, कार्यालयका कर्मचारी नै हटाएर नयाँ राख्ने कमिटी बनाउने काम गरिसकेका छन्, यो अवस्थामा तपाइहरु पनि पार्टी कमिटी पुर्नगठनतिर लाग्ने हो कि अरु प्रकृया छन् ?

    मेरो त प्रष्ट कुरा छ कि समानान्तर गतिविधीहरु ओखलढुंगा जिल्लाको सन्दर्भमा पदका भोकाहरुले मात्रै गरिरहेका छन् । एक प्रकारले राजनीतिक रुपमा नैतिक रुपमा चुकेकाहरु बाहेक संकटको घडीमा योगदान गरेका तमाम इमान्दार कार्यकर्ताहरु पार्टी एकताको पक्षमा लाग्नका लागि वातावरण निर्माण गर्ने र त्यो काममा लागि रहेका छन् । पार्टीको काँधमा रहेको गम्भीर अभिभारा पुरा गर्नका लागि चिन्तित रहेको पाएको छु ।

    म सबै गाउँ र वस्तीमा पुगेको छु, सबैको चहाना पार्टी एकतामा छ । अहिले जसले विभाजनकारी गतिविधी गरिरहनुभएको छ, एक दिन उहाँहरुले प्रायश्चित गर्नुपर्नेछ । कार्यकर्ताहरु, ओखलढुंगेली जनताहरुले उचित मूल्यांकन गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । जुन विखण्डनकारी गतिविधी भइरहेका छन्, किन भइरहेका छन्, आश्चर्यकित छु ।

    अब नेकपा एमाले काम कसरी अघि बढ्छ, के योजना बनाउँदै हुनुहुन्छ ?

    पार्टीलाई सुदृढ गरेर अघि बढ्नुको विकल्प छैन । मैले फेरि पनि भनिरहेको छु कि केही प्रलोभन, आश्वासनका पछि मान्छेहरु दौडिनुको कुनै अर्थ छैन । यो जिल्ला हाम्रै नेतृत्वमा, हामीले नै लालकिल्ला बनाएका हौं । यसका लागि सयौं कार्यकर्ताहरु भोकभोकै दौडिनु भएको छ, खटिनु भएको छ ।
    हजारौं मतदाताहरुको भावनामा ठेस पुग्ने गरि जुन खालका गतिविधी ओलि समुहका नाममा भइरहेका छन् । यो नेकपा एमालेका लागि मात्रै होइन, सिंगो कम्युनिष्ट आन्दोलनकै दुभाग्र्य हो । केन्द्रदेखि भइरहेका गलत रवैयाको प्रभाव यहाँ पनि परेकै छ । यसबेला जिल्लाको तीव्रतर विकासका लागि एक भएर जुट्नु पर्ने समयमा कार्यकर्ताहरु विभाजन गर्ने, जनताहरुलाई दिभ्रमित पार्ने काम भइरहेका छन् कम्तिमा ओखलढुंगा जिल्लामा यो नगरौं भनेर कयौं पकट आग्रह गरें ।

    केन्द्रिय तहमा भएन भने पनि तमाम पार्टी एकताका पक्षमा उभिएका, पार्टी एकतालाई जोगाउन लागेका र कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनका लागि योगदान दिएका साथीहरुको, समृद्ध ओखलढुंगा सुखी ओखलढुंगेली भनेर मरिमेटेका तमाम कार्यकताहरुको चाहना पार्टी एकताको पक्षमा छ ।

    मेरो आग्रहलाई वेवास्ता गरेको केही व्यक्तिहरुबाट पाएको छु । अब छिट्टै नै जनतासामू, आम मतदातासामू कार्यकर्ता सामु हामी एउटा अभियान लिएर जाँदैछौं । त्यसले निराश बनेका कार्यकर्ता, मतदाता र आम जिल्लाबासीलाई उत्साह भर्ने विश्वास लिएका छौं ।
    यस विचमा हामीले पार्टीका मात्रै होइन विकासका कामहरुका सन्दर्भमा पनि जिल्लालाई जुन गतिका साथ अघि बढाइरहेका छौं, मेरो कार्यकाललाई विकासको दृष्टिकोणले स्वर्णिम कालका रुपमा अघि बढाउन क्रियाशिल छु ।

    मेरो दोहोरो जिम्मेवारी छ, म पार्टीको केन्द्रिय सदस्य छु, सँगसँगै प्रतिनिधी सभाको सदस्य पनि रहेका कारणले यतिबेला मेरो मूल ध्यान भनेको समृद्ध ओखलढुंगा बनाउन कसरी सकिन्छ, छिटो विकासका काम कसरी अघि बढाउन सकिन्छ भनेर म लागेको छु । यसबीचमा पार्टीको जीवनमा जुन खाले समस्या आएका छन् । पार्टीलाई सुदृढ बनाउन पनि अबन नयाँ ढंगले अघि बढ्नुको विकल्प छैन । केही समस्याहरु छन्, तीनलाई शुद्धिकरण गरेर अघि बढ्नुको विकल्प छैन ।

    पार्टी कार्यालय समेत एक गुटले हस्तक्षेप गरिसके तपाइंहरु चुपचाप हुनुहुन्छ ?

    यहाँहरुलाई थाहा छ कि हाम्रै अगुवाईमा मेरै नेतृत्वमा नेकपा एमालेले पहिलो पटक निर्वाचन जित्नेदेखि बर्षौं बर्षदेखि भाडाको पार्टी कार्यालयलाई घरसम्म पुर्याएको हो । मजस्ता सयौं कार्यकर्ताहरुको बलिदानबाट ओखलढुंगा लालकिल्ला बनेको सबैलाई थाहा छ । संगठन निर्माणदेखि पार्टी कार्यालय निर्माणसम्म पनि म आफैं पार्टी अध्यक्ष रहेको बेला सम्पन्न भएको हो ।

     अब छिट्टै नै जनतासामू, आम मतदातासामू कार्यकर्ता सामु हामी एउटा अभियान लिएर जाँदैछौं । त्यसले निराश बनेका कार्यकर्ता, मतदाता र आम जिल्लाबासीलाई उत्साह भर्ने विश्वास लिएका छौं ।

    यस अभियानमा तमाम कार्यकर्ताहरुले गाँस कटाएर योगदान गर्नु भएको छ । त्यो संगठन, त्यो भवन परिर्वतनकामी सोच राख्ने, एउटा निष्ठाको प्रतिकको रुपमा कार्यालय निर्माण गरिएको हो । त्यसलाई थप व्यवस्थित गर्ने काम बाँकी छ । सबाल को कार्यालयमा रहनेभन्दा पनि जनताको मनमा रहने ठूलो कुरा हो । हाम्रा गतिविधी त्यस दिशामा केन्द्रित गरिरहेका छौं । कार्यालयको सन्दर्भमा, कार्यालय सञ्चालनको सन्दर्भमा जिल्ला पार्टीको बैठकबाट छिट्टै निणर्य लिने छौं ।

    तपाई जिल्लाको सांसद पनि हो, तपाइले आफ्ना कार्यकालमा गरेका कामलाई कसरी सम्झिनुहुन्छ ?

    यो विषय मैले भन्दा पनि जनताले सम्झिने गरि विकासका काम भएका छन् भन्ने लाग्छ । आज मात्रै होइन, युग युगसम्म सम्झिने गरि कामको थालनी भएका छन् । विकास निर्माणका हिसावले स्वणर्िम काल भन्ने दावा गर्छु । जस्तै हिजो सडक सञ्जालका कामै भएका थिएनन्, अति दुर्गम जिल्ला थियो । अहिले ७५ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । हिजो जिल्लामा बत्ति नै थिएन । उज्यालो ओखलढुंगाको अभियान शुरु भएको छ । सबै तहमा ग्रामीण विद्युतीकरणको काम धमाधम भइरहेको छने ६० प्रतिशत विजुली वितरण भइसकेको छ ।

    पहिले ७५ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । हिजो जिल्लामा बत्ति नै थिएन । उज्यालो ओखलढुंगाको अभियान शुरु भएको छ । सबै तहमा ग्रामीण विद्युतीकरणको काम धमाधम भइरहेको छने ६० प्रतिशत विजुली वितरण भइसकेको छ ।

    जिल्लाको विकासको मेरुदण्डका रुपमा रहेका सडक मोलुङ एकवार सडक, दुधकोसी एकवार, राँगादिप पात्ले सडक निर्माणको काम अन्तिम चरणमा पुगेका छन् । अति दुर्गम भनिएको खिजीदेम्वाबाट सिधै सदरमुकाम ओखलढुंगा आउन मिल्ने सडक बनिसकेको छ । मोलुङ एकवार सडक त कालोपत्रेको चरणमा छ । ५० करोड बजेट विनियोजन छ । मेरै सिफारिसमा यो रणनीतिक सडकमा सुचिकृत भइसकेको छ । रुम्जाटार ओखलढुंगा र ओखलढुंगा रामपुर श्रीचौर सडक कालोपत्रे मेरै अगुवाइ र प्रस्तावमा भएका हुन् ।

    अन्य सडक तथा पुलहरु धमाधम बनिरहेका छन् । एक वटा पुल बन्दा खुसी हुन पर्ने अवस्था थियो, अहिले दर्जनौं पुल बनिसकेका छन् । विद्युत उत्पादनका लागि दुधकोसी जलाशय युक्त आयोजनालाई गौरबको आयोजनाको रुपमा सुचिकृत गर्न सिफारिस भएको छ । जिल्लाभरका ४० वटा अत्याधुनिक विद्यालय भवन निर्माण गरिएको छ । पूर्वाधारको क्षेत्रमा फड्को मारेको छ । अब ६ महिनाभित्र जिल्लाभर ११ वटा टेलिफोन टावर निर्माण सकेर सुचारु हुने अवस्थामा छन् । यसले सञ्चारमा क्रन्ति नै ल्याउने छ ।
    सडक, विद्युत र सञ्चारमा जिल्लाले छलाङ मारेको छ ।

    प्रतिक्रिया दिनुहोस