२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

सगरमाथाको सफल आराेहण गर्ने एका घरका तीन दिदी बहिनी काे हुन् ?

  • २०७८ बैशाख २९, बुधबार मा प्रकाशित २ साल अघि
  • दोलखा- दोलखाका एकै परिवारका तीन दिदीबहिनीले बुधवार सगरमाथाको सफल आरोहण गरेका छन् ।

    दोलखास्थित गौरीशंकर गाउँपालिका-९ बेदीङका दिदी-बहिनी निमा जाङ्बु शेर्पा (वर्ष ३०) छिरिङ नाम्गे शेर्पा (वर्ष २६) र दावा फुटी शेर्पा (वर्ष २४) ले आज विहान ७ बजेको वरिपरि सगरमाथा चुचुरोमा पुगेका हुन् ।

    यी दिदी-बहिनीले तीन वर्षभित्र सात वटै महादेशका उच्च हिमाल चढेर विश्व रेकर्ड समेत राख्ने  उद्देश्य रहेको बताए ।

    यसैबीच, संचारमन्त्री पार्वत गुरुङले ती दिदीबहिनी आरोहीलाई बधाइ व्यक्त गरेका छन् ।  यस अघि मन्त्री गुरुङले बैशाख २ गते मन्त्रालयमा आयोजित कार्यक्रममा ती दिदीबहिनीलाई राष्ट्रिय झण्डा हस्तन्तारण गर्दै बिदाइ समेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस