२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

ओखलढुंगा: थप एक जना संक्रमितकाे मृत्यु, २९ जनामा कोरोना संक्रमण

  • २०७८ जेष्ठ १९, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिका ७ का एक ८५ वर्षीय वृद्धको उपचारका क्रममा कोरोनाबाट मृत्यु भएको छ । गएको जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा उपचाररत वृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

    ती वृद्धको हिजो साँझ मृत्यु भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख समुन तिवारीले बताए । यससँगै  जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

    आज २९ जना कोरोना संक्रमित थपिएका छन् । १६ जना पीसीआरबाट र १३ जना एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो स्वास्थ्य  कार्यालयका प्रमुख समुन तिवारीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमित खिजीदेम्बा गाउँपालिकाका १० जना, सिद्धिचरण नगरपालिकाका ७ जना, चम्पादेवी गाउँपालिकाका ५ जना, चिशंखुगढी  गाउँपालिकाका ३ जना, सुनकोसी गाउँपालिकाका ३ जना र मोलुङ गाउँपालिकाका १ जना रहेका छन् ।  जिल्लामा जम्मा संक्रमित ७ सय ४७ पुगेका छन् ।

    प्रतिक्रिया दिनुहोस