२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

यी हुन् पशुपंक्षीबाट मानिसमा सर्ने १० रोग !

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सरुवा राेग मानिसबाट मानिसमा मात्र सर्छ भन्ने आम मान्यता छ । तर पशुपन्छिबाट मानिसमा सर्ने राेग झन खतरनाक हुने गरेका छन् । सरकारले सुचिकरण गरेका ती राेग के के हुन् त ? यहाँ उल्लेख गरिएकाे छ ।

    पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको हो । प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए ।

    सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिस रोगहरुलाई जुनोटिक रोगको प्राथमिकतामा राखिएको डा. पौडेलले जानकारी दिए ।

    सरकारले यस अघिपनि ६ वटा जुनोटिक रोग प्राथमिकिकरण गरेको छ । वर्षेनी जुनोटीक रोगका कारण विश्वमा १ करोड मानिस बिरामी पर्छन भने १० लाखको मृत्यु हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस