२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
नीति कार्यक्रममा एउटा,बजेटमा अर्कै प्रथामिकता !

ओखलढुंगाका स्थानीय तहकाे बजेट: कुन तहकाे कति ?

  • २०७८ अषाढ ११, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– ओखलढुंगाका आठै स्थानीय तहले बिहिबार आर्थिक वर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याईसक्नुपर्ने संवैधानिक प्रावधान अनुसार जिल्लाका स्थानीय तहहरुले निर्धारित समयमै बजेट ल्याएका हुन् ।

    आठ स्थानीय तहमध्ये चिशंखुगढीले बुधबार गाउँसभा सम्पन्न गरेको थियो । अन्यले बिहिबार सम्पन्न गरेका हुन् । आठ स्थानीय तहको कूल बजेट ३ अर्ब ९४ करोड ८९ लाख ६ हजार ५० रहेको छ । सबैभन्दा बढी प्रस्तावित बजेट सिदिद्चरण नगरपालिकाको ७७ करोड १९ लाख २२ हजार ५ सय रहेको छ ।

    त्यसैगरि सबैभन्दा कम चिशंखुगढी गाउँपालिकाको रहेको छ । चिशंखुको कुल ३९ करोड ८८ लाख ३५ हजार १ सय ५० मात्र रहेको छ । अधिकांश स्थानीय तहले सामाजिक विकास र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । कोभिड १९ ले पारेको प्रभावलाई केन्द्रित गरि बजेट विनियोजन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमूख मोहनकुमार श्रेष्ठले बताए ।

    चिशंखुगढी गाउँपालिकाले विभिन्न आन्दोलनका क्रममा शहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक २ हजार भत्ता उपलब्ध गराउने योजना ल्याएको छ ।

    कोभिड १९ र अन्य विपद र महामारी भएमा अन्य शीर्षकहरुमा विनियोजित रकमान्तर गरेर पनि खर्च गर्ने सिद्धिचरण नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । चिशंखुगढी गाउँपालिकाले विभिन्न आन्दोलनका क्रममा शहिद तथा बेपत्ता व्यक्तिका परिवारलाई मासिक २ हजार भत्ता उपलब्ध गराउने योजना ल्याएको छ ।

    चम्पादेवी गाउँपालिकाले पहिलो प्राथमिकतामा केन्द्रिय विद्युत प्रसारण जोड्ने कामलाई दिएको छ । त्यसपछि मात्र स्वास्थ्य शिक्षा, कृषि पर्यटन र सामाजिक विकास रहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए ।

    कूल बजेट अंक धेरै देखिएपनि पूंजीगत तर्फ अधिकतम् ४० प्रतिशत रकम मात्र विनियोजित छ । केही स्थानीय तहको त २० देखि ३० प्रतिशत मात्र बजेट पूंजीगत तर्फ विनियोजन गरिएको छ । बाँकी सबै चालु शीर्षकमा छन् ।

    स्थानीय तहमा निर्वाचित भईसकेपछिको अन्तिम कार्यकाल भएकोले पनि जनप्रतिनिधिहरुले लोकप्रियता कमाउने किसिमका शीर्षकहरुमा बजेट विनियोजन गरेका छन् । कनिका छरे जसरी ससाना शीर्षकमा बजेट विनियोजन गर्दा कुनै पनि विकास काम हुन नसकेको सर्वसाधारणको प्रतिक्रिया छ ।

    ‘कनिका छरे जसरी बजेट विनियोजन गरेकै कारण देखाउन लायक विकासका पूर्वाधार बन्न सकेका छैनन ।’ उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले भने, ‘यो प्रवृत्तिको अन्त्य नभएसम्म परिवर्तन सम्भव छैन ।’

    हेर्नुहाेस् तालिकामा बजेट

     

    प्रतिक्रिया दिनुहोस