२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

पुनः निर्माणका सब इञ्जिनियर ३० हजार घुससहित पक्राउ

  • २०७८ अषाढ १६, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिकामा कार्यरत राष्ट्रिय पुनः निर्माण प्राधिकरणले खटाएका प्राविधिक सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । प्राधिकरणमार्फत नगरपालिकामा कार्यरत सव इञ्जिनियर राजन पासवान ३० हजार घुससहित पक्राउ परेका हुन् ।

    उनलाई असार मशान्तमा पुनःनिर्माण लाभग्राहीबाट अन्तिम किस्ता रकम निकासा गराउने भन्दै लिएको ३० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिए ।

    सिद्धिचरण नगरपालिका वडा नं. १ मा कार्यरत पासवानले निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा पठाइएको काफ्लले बताए ।

    असार मशान्त नजिकिदै गर्दा विभिन्न योजनामा उपभोक्ता र सेवाग्राहीबाट अतिरिक्त रकम असुलिएको गुनासो आइरहेको समयमा पासवान घुससहित समातिनुलाई अर्थपूणर् रुपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस