२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

किन अकालमै ज्यान गुमाउदैछन्, दुर्गमका आमाहरु ?

  • २०७८ श्रावण ९, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सरकारले गर्भवती आमाकाे सुरक्षालाई प्रथामिकतामा राखेर तालिम दिनेदेखि पाेषणकाे वितरणसम्मका कार्यक्रम ल्याएकाे छ । जटिल अवस्थाकाे पहिचान गरेर निशुल्क उद्धारकाे समेत व्यवस्था छ । तर दुर्गममा वर्षेनी बच्चा जन्माउने क्रममा आमाहरुले ज्यान गुमाइ रहेका छन् । किन अकालमै ज्यान गुमाउदैछन्, दुर्गमका आमाहरु ? यस विषयलाई पत्रकार कुम्भराज राईले खाेतलेका छन् । 

    ‘यदि डोमा शेर्पा बाँचेकी भए उनको काखमा १ महिना पुरा भएको छोरा हुन्थ्यो । श्रीमान जाङबुलाई पसलमा सघाउँथिन् । साथमा तीन सन्तान हुन्थे । तर अहिले जाङबुलाई आमा बिनाको नाबालक शिशु र अलि ठूला भईसकेका दुई छोरी स्याहार्नै धौ धौ छ ।

    ठमठम हिँडेर गाउँकै पेशला पोलिक्लिनिक पुगेकी श्रीमति डोमाले छोरा त जन्माइन् । तर फर्केर आइनन् । यो घटना मोलुङ गाउँपालिका ६, श्रीचौरको हो । गत जेठ ३१ गते २७ वर्षकी डोमा शेर्पाले सुत्केरी भईसकेपछि रक्तस्रावकै कारण ज्यान गुमाइन् ।

    उनका श्रीमान जाङबुका अनुसार चिकित्सकले दिएको म्याद नाघेपनि डोमालाई व्यथा लागेन । त्यसपछि डोमा श्रीचौर बजारमा भएको पेशला पोलिक्लिनकमा गइन् । त्यहाँ उनलाई व्यथा लाग्ने औषधी चलाईयो । दिउँसो पोलिक्लिनिक गएकी उनले बेलुकी ८ बजेर १० मिनेटमा बच्चा जन्माइन् । बच्चा जन्मिएको केही समयपछि रक्तस्राव शुरु भयो ।

    ठमठम हिँडेर गाउँकै पेशला पोलिक्लिनिक पुगेकी मोलुङ गाउँपालिका ६, श्रीचौरकी २७ वर्षीया डोमाले छोरा त जन्माइन् । तर फर्केर आइनन् ।

    ‘यदि सक्नुहुन्न भने हामी मिसन अस्पताल लान्छौँ भनेर भन्यौँ ।’ जाङबुले भने, ‘तर अवस्था सामान्य छ यहीँ ठीक हुन्छ भनेर पोलिक्लिनकको स्वास्थ्यकर्मीले भन्नुभयो । झण्डै तीन घण्टापछि सुत्केरीको मृत्यु भयो ।’ पछि पोलिक्लिनिक संचालकले उनका तीनै सन्तानलाई कक्षा १० सम्म अध्ययन खर्च व्यहोर्ने र तत्काललाई ६० हजार राहत दिने शर्तमा जाङबुले सहमति गरे ।

    गत साता (साउन १ गते) सुत्केरी व्यथाकै कारण मोलुङ गाउँपालिका ७, पात्ले बाख्रेकी ३५ वर्षिया सुनिता लामिछानेले ज्यान गुमाइन् । सुनिताको तेश्रो सन्तान जन्मि“दै थियो । त्यसअघि एक छोरा र छोरी उनले घरमै जन्माएकी थिइन् ।

    उनले स्वास्थ्य संस्थामै नियमित परिक्षण गराएकी थिइन् । चिकित्सकले साउन २२ गते सुत्केरी हुने मिति दिएको थियो । तर २१ दिनअघि नै असारको ३१ गते रातीदेखि उनलाई पेट दुख्यो । शुरुमा सुत्केरी व्यथा होला भन्ने लागेन । सामान्य दुखाई होला भन्ने अनुमान गरे ।
    ‘कसैलाई नभन्नु पेट मात्र दुखेको होला भनेर भनिन् । त्यही भएर मैले केही भनिन ।’ उनका श्रीमान भिम लामिछानेले भने, ‘तर बिहानपख सुत्केरी व्यथा लागेको रहेछ भनेर थाहा पाएपछि छिमेकीहरुलाई भनेँ । बिहान आठ बजे छोरी जन्मिइन् ।’ छोरी जन्मिएको केही समयपछि उनले दुई गिलास पानी पिइन् । पानी पिउने बित्तिकैदेखि सास फेर्न गाह्रो भयो ।

    पोलिक्लिनिक संचालकले उनका तीनै सन्तानलाई कक्षा १० सम्म अध्ययन खर्च व्यहोर्ने र तत्काललाई ६० हजार राहत दिने शर्तमा जाङबुले सहमति गरे ।

    बाटो खराब भएकोले गाडी तत्काल बोलाउने अवस्था भएन । गाउँलेले मिलेर स्ट्रेचरमा बोकेर करिब दुई घण्टामा गाउ“पालिकाको केन्द्र भएको प्राप्चास्थित स्वास्थ्य चौकीमा पुर्याए । त्यहाँको स्वास्थ्यकर्मीले उनको अक्सिजन लेभल कम भएको र धड्कन तिव्र भएको पत्ता लगाए । त्यसपछि स्लाइन लगाएर मिसन अस्पताल पठाउन खोज्दा उनको नाडी समेत भेट्न सकेनन् । त्यसपछि हतारमा मिसन अस्पताल पठाएपनि उनको अस्पताल नपुगि मृत्यु भयो ।

    ‘एकदुईदिन पछि मिसन अस्पताल लाने तयारीका साथ घरमा भएको भैंसी बेचेर खर्च जुटाएको थिएँ ।’ भीमले भने, ‘अघिल्लो दिन गाडी पनि बोलाएको थिएँ । तर श्रीमतिले नै पर्दैन भनेपछि सबै क्यान्सिल गरेँ । अन्तिममा मलाई श्रीमतीले सँधैको लागि छोडेर गइन् ।’

    किन जान्छ अकालमै आमाको ज्यान ?

    यी दुई प्रतिनिधिमूलक घटना हुन् । हरेक एकवर्षदेखि दुईवर्षको अन्तरमा जिल्लामा एकदेखि दुईजना आमाले सुत्केरी व्यथाकै कारण ज्यान गुमाउँदै आएका छन् । तीनवर्षअ अघि खिजिदेम्बा गाउँपालिका ९, पात्लेकी एक सुत्केरीले समयमा उपचार नपाउँदा रक्तस्रावकै कारण ज्यान गुमाएकी थिइन् ।

    सरकारी निकायमै छैन तथ्या‌क !

    मोलुङ गाउँपालिकामा गएको पाँचवर्षमा तीनजना आमाले सुत्केरी व्यथाकै कारण ज्यान गुमाईसकेका छन् । जिल्ला स्वास्थ्य कार्यालयसँग विगतका वर्षहरुमा के कति आमाहरुले सुत्केरी व्यथाको कारण ज्यान गुमाएका छन् भन्ने तथ्यांक अपडेट छैन । तीनवर्षमा १ जना मात्रै आमाको ज्यान गएको तथ्यांक देखिन्छ ।

    ‘तीनवर्षमा तीनजनाको ज्यान गएको छ । हामीले अपडेट गर्न यो साउन महिनाभरि लाग्ने भएकोले अहिले हामीसँग भएको तथ्यांकमा एकजनामात्र देखिएको हो ।’ जिल्ला स्वास्थ्य कार्यालय प्रमूख सुमन तिवारीले भने, ‘यसरी आमाहरुको ज्यान जानुको कारण चेतनाकै कमी भएको देखिन्छ ।’

    विगतका वर्षहरुमा के कति आमाहरुले सुत्केरी व्यथाको कारण ज्यान गुमाएका छन् भन्ने तथ्यांक अपडेट छैन । तीनवर्षमा १ जना मात्रै आमाको ज्यान गएको तथ्यांक देखिन्छ ।

    सरकारले जोखिममा परेका सुत्केरी महिलालाई हेलिकप्टबाट निशुल्क उद्दार गर्ने व्यवस्था छ । तर अझै गाउँगाउँमा यसबारे धेरैलाई जानकारी छैन । बच्चा जन्मिएको झण्डै चारघण्टा पछि श्रीमति गुमाएका मोलुङ गापा ७ पात्लेका भीम लामिछानेले हेलिकप्टबारट उद्दार गर्ने बारे आफूलाई केही थाहा नभएको बताए ।

    ‘मलाई त यस्तो केही थाहा थिएन सर । कसैले भनेन ।’ उनले भने, ‘भैंसी बेचेर भएपनि खर्च चाहीँ अलिकति जुटाएको थिएँ । तर बचाउन सकिन ।’ कक्षा चार सम्म अध्ययन गरेका भिम र सुनिता दुवैजना सामान्य साक्षर हुन् ।

    ‘अटेरीले गएको हो ज्यान’

    मोलुङ गाउँपालिका ६, श्रीचौरकी डोमा शेर्पाले ज्यान गुमाउनुको कारण चेतनाकै अभाव भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमूख वेदहरि दाहालको भनाई छ । उनका अनुसार डोमाको बच्चाको अवस्था केही जटिल भएकोले एक महिना अघि मिसन अस्पताल जान सुझाव दिइएको थियो । तर उनीहरुले अटेर गरे ।

    ‘हाम्रो स्वास्थ्यकर्मीले अल्ट्रासाउण्ड गरेर बेलैमा यसबारेमा उनलाई जानकारी गराइएको थियो ।’ दाहालले भने, ‘तर उनीहरुले आफ्नो समस्यालाई अझै लुकाएर गाउँको पोलिक्लिनिकमा भर पर्दा अकालमा ज्यान गुमाउनुपर्यो ।’

    ‘सामान्य लेखपढ भएकै परिवार भएपनि बेलामा जानकारी नगराउ“दा अकालमा आमाको ज्यान गएको मोलुङ गापा ७ का वडाअध्यक्ष हेम सुनुवार बताउ“छन् । अर्को समस्या भौगोलिक विकटताले समयमा बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन नसक्नु हो ।

    उनीहरुले आफ्नो समस्यालाई अझै लुकाएर गाउँको पोलिक्लिनिकमा भर पर्दा अकालमा ज्यान गुमाउनुपर्यो ।’

    चिकित्सकका अनुसार गर्भवती भएको पहिलोपल्ट ४ महिनामा र त्यसपछि ६, ८ र ९ महिनामा चारपटक अनिवार्य गर्भजाँच गराउनुपर्छ । केही खतरा देखिएमा समयमै अस्पताल भर्ना हुनुपर्ने हुन्छ । ओखलढुंगा सदरमुकाममा रहेको मिसन अस्पतलामा गर्भवतीलाई निशुल्क आवासीय सुविधा सहित प्रसुती सेवाको व्यवस्था छ । शल्यक्रिया गरेर सुत्केरी गराउने सुविधा छ । तर अझै आमाहरुले गाउँमा बेलाबेलामा ज्यान गुमाईरहेका छन् ।

    गर्भवतीलाई जीवनसुरक्षा तालिम

    स्वास्थ्य कार्यालय र मातहका स्थानीय तहका स्वास्थ्य शाखाहरुले गाउँगाउँमा गर्भवती जोडीहरुलाई जीवन सुरक्षा तालिम संचालन गर्दै आएको छ । सो तालिममा गर्भवती अवस्थाको खतरादेखि सबै विषयमा जानकारी गराउने गरेको मोलुङ गापा स्वास्थ्य शाखा प्रमूख वेदहरि दाहालको भनाई छ । उनका अनुसार हालै ज्यान गुमाएका आमाहरु समेत यो तालिममा सहभागी हुन् ।

    चिकित्सकका अनुसार गर्भवती भएको पहिलोपल्ट ४ महिनामा र त्यसपछि ६, ८ र ९ महिनामा चारपटक अनिवार्य गर्भजाँच गराउनुपर्छ । केही खतरा देखिएमा समयमै अस्पताल भर्ना हुनुपर्ने हुन्छ ।

    तालिममा उद्दारका लागि आवश्यक परेमा हेलिकप्टर चालक सम्मको सम्पर्क नम्बर दिईने गरिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमूख सुमन तिवारीले चेतनामूलक कार्यक्रमहरु संचालन हुँदै आएको बताए । अझै थप कार्यक्रम गर्ने तयारी भएको उनले बताए । अधिकांश सुत्केरी स्वास्थ्य संस्थामै हुने गरेपनि अझै घरमा सुत्केरी गराउनेको संख्या शुन्य हुन सकेको छैन ।

    स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गएको तीन आर्थिक वर्षमा कूल ६ हजार २ सय ३५ आमाहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराएका छन् । आ.व. २०७५÷०७६ मा २ हजार २ सय ७६ जना, आ.व. २०७६÷०७७ मा २ हजार २ सय ७० जना र आ.व. २०७७÷०७८ मा १ हजार ६ सय ८९ आमाहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराएका हुन् ।

    दुई वर्षमा पाँचको उद्दार

    जिल्लाबाट गएको दुई आर्थिक वर्षमा जम्मा पाँचजना सुत्केरीहरुको हेलिकप्टरबाट उद्दार गरि उपचारका लागि राजधानी लगिएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको तथ्यांक अनुसार मानेभन्ज्याङ गापा १, मोलीको एकजना, सिद्धिचरण नपा ५ की एक, लिखु २ की एक, चम्पादेवी ५ की एकजना र खिजिदेम्बा ५ की एकजना सुत्केरीको हेलिकप्टर बाट उद्दार गरेर उपचारका लागि लगिएको छ ।

    उद्दार गर्ने कार्यविधि अनुसार स्थानीय तह वा वडाले नै एउटा सिफारिश सहित पत्र पठाएपछि जिल्ला प्रशासनले तुरुन्तै महिला बालबालिका मन्त्रालयसँग समन्वय गरेर उद्दार गर्ने गरिएको छ ।

    सोलुखुम्बुमा दुईवर्षमा ११ आमाको मृत्यु

    गएको दुई आर्थिक वर्षमा सुत्केरी व्यथाकै कारण समयमा उपचार नपाउँदा सोलुखुम्बुमा ११ जना आमाले ज्यान गुमाएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा ४ जना, लिखु पिके गापामा १ जना, महाकुलुङ गापामा २ जनाले ज्यान गुमाएका छन् ।

    त्यसैगरि सोताङ गापामा १ जना र माप्य दुधकोशी गापामा ३ जना आमाले दुईवर्षभित्र ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    स्वास्थ्य कार्यालयका प्रमूख रामनारायण साहका अनुसार दुई आर्थिक वर्षमा हेलिकप्टर मार्फत २१ जना सुत्केरीको उद्धार गरि उपचारका लागि लगिएको छ । सोलुखुम्बुमा भने सुत्केरीको ज्यान जानुको कारण चेतनाको अभावसँगै भौगोलिक विकटता पनि प्रमूख कारण देखिन्छ ।

    ‘यातायातको सुविधा नभएकोले सुत्केरीलाई तत्काल स्वास्थ्य संस्था पु¥याउन नसकिने अवस्था पनि छन् । त्यसमा आर्थिक कारण पनि जोडिएका हुन्छन् ।’ स्वास्थ्य प्रमूख साहले भने, ‘विकटताले भनेको समयमा हेलिकप्टरबाटै पनि उद्धार गर्न नसकिने भूगोल छ । त्यसमा चेतनाको अभाव पनि जोडिएको छ ।’

    प्रतिक्रिया दिनुहोस