२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
सेटिङमा ठेक्का-२

सेटिङको ठेक्कामा हाकिमले दिए गलत जानकारी

  • २०७८ श्रावण २४, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नागरिक मिडियामा यसअघि प्रकाशित चम्पादेवी गाउँपालिकाको करोडौँको ठेक्का सेटिङमा’ शीर्षकको समाचारमा गाउँपालिकाको प्रमूख प्रशासकीय अधिकृतले गलत जानकारी दिएका छन् ।

    १५ शय्याको रानीवन अस्पताल भवनको ठेक्का खानी लुम्बिनी जेभीसँग सम्झौता भएको थियो । तर  निमित्त प्रमूख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले रसुवा कन्सट्रक्सनसँग सम्झौता गरिएको बताएका थिए । नागरिक मिडियालाई सो ठेक्का खानी लुम्बिनी जेभीले पाएको जानकारी थियो । तर प्रमूख प्रशासकीय अधिकृतले रसुवा कन्सट्रक्सनले पाएको दाबी गरेपछि सोही जानकारी अनुसारको समाचार प्रकाशन गरिएको थियो ।

                                              चम्पादेवी गाउँपालिकाले प्रकाशन गरेकाे आशयपत्र ।

    खानी लुम्बिनीको नाममा आशयपत्र प्रकाशन भएको सूचना प्राप्त भएपछि प्रमूख प्रशासकीय अधिकृत सुवेदीले गल्ती गरेको भन्दै माफी मागेका छन् । ‘मैले खानी लुम्बिनीको ठेकेदारको नम्बर रसुवा कन्सट्रक्सन भनेर सेभ गरेको रहेछु ।’ उनले भने, ‘सरी म बाट गलत जानकारी तपाईँले पाउनुभयो ।’

    १७ करोड २९ लाख ३९ हजारमा अस्पताल भवनको लागि ठेक्का लागेको थियो । ठेक्का खानी लुम्बिनीलाई दिनका लागि गाउँपालिकाले डिपिआर परिमार्जन गर्न लगाएका थिए । प्रमूख प्रशासकीय अधिकृत सुवेदीले चाहीँ डिपिआर परिमार्जन नगरिएको बताए । निर्माण व्यवसायीहरुकै अनुसार कम्तिमा पनि ७ प्रतिशत कमिसनमा गाउँपालिकाले सेटिङमा खानी लुम्बिनीलाई ठेक्का दिएको हो ।

    प्रतिक्रिया दिनुहोस