२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

एमाले ओखलढुंगाकाे वैठकमा के भने माधव नेपालले ?

  • २०७८ भाद्र ७, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले (माधव समुह) जिल्ला कमिटीकाे विस्तारित बैठकमा माधवकुमार नेपालले सम्बाेधन गरेका छन् । ३० मिनेट भर्चुअल सम्बाेधन गरेका नेता नेपालले केपी ओलिकाे अहंकारले नेपालकाे कम्युिनष्ट आन्दाेलन विसर्जनतिर पुगेकाे बताए ।

    उनले भने, ‘ओलीकै कारण देश र कम्युनिष्ट आन्दाेलन दुर्घटनामा जान लागेकाले नयाँ पार्टी निर्माण गर्नु परेकाे हाे, कुरा मिल्दा नयाँ पार्टी दर्ता भएकाे भाेलिपल्ट पनि एकता हुन सक्छ ।’ तर ओलि नै एकता हाेइन विभाजनकाे बाटाेमा अघि बढकाे उनकाे आराेप छ ।

    सबै कार्यकर्ताहरुलाई उच्च मनाेवलका साथ अघि बढ्न क्रान्तिकारी कम्युनिष्ट बन्न उनले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस