२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

नेकपा एस मा एक जना मात्रै जनप्रतिनिधी, सूर्य चिन्हमा जितेका एमालेमै

  • २०७८ भाद्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमाले विभाजनपछि बनेकाे नेकपा एकिकृत समाजवादीमा एक मात्र जनप्रतिधि भएका छन् । आइतबार निर्वाचन कार्यालयमा गएर लिखु गाउँपालिका कार्यपालिका सदस्य मावर सुनुवारले समाजवादीमा सनाखत गरेका हुन् ।

    अन्य तहका निर्वाचित जनप्रतिनधीले भने नेकपा एस राेजेका छैनन् । सनाखत नगरेपछि तीन जना प्रमुख तीन जना उपप्रमुख र २६ वडा अध्यक्ष कानुनत: एमालेकै रहेका हुन् ।

    केही जनप्रतिनिधीले एमाले  ओलि गुटकाे मनपरि स्विर्कान नसकिने बताए पनि पार्टी भने राेजेनन् । उनीहरु कार्यकाल सकिएपछि पार्टीमा आउने अपेक्षा नेकपा एस काे छ ।

    समाजवादी राेजेका सुनुवार मनाेनित कार्यपालिका सदस्य हुन् । निर्वािचत जनप्रतिनिधी कसैले पनि एमाले छाडेनन् । कतिपय जिल्ला नेताहरु ओलि गुटका नाममा जिल्लामा भएका पार्टीकाे नीति र विधि विपरितका कार्य स्वीकार्न नसक्ने भन्दै एमालेले २०७५ जेठ २ अघिकाे कमिटीकाे बैठक भनेर बाेलाए पनि आएनन् ।

    जेठ २ भनेर एमाले नेताहरुले सामुहिक फाेटाे शेसन गरे पनि ओलि समुह र तत्कालीन माधव समहु बाहेक ओलि समुह भित्रकै मारामारले थप समस्य ल्याएकाे एक जिल्ला कमिटी सदस्यले बताए । उनका अनुसार तेस्राे धारले जेठ २ काे कार्यन्वयनमा मात्रै ध्यान दिएकाे भए पनि ओलि समुहमा पद लिने र दिनेकाे विषयमा कटाक्ष देखिदा एमालेमा थप विवाद हुने देखिन्छ ।

    जिल्ला कमिटीका सचिव श‌ंकर कट्वालले बैठक सानदार रुपमा सम्पन्न भएकाे र जेठ २ कार्यन्वयन गर्न पालिका तहमा जिम्मेवारी समेत ताेकिएकाले अब एमालेमा कुनै समस्या नरहेकाे बताए ।

    प्रतिक्रिया दिनुहोस