२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

मितेरी भञ्ज्याङ दुर्द्घटना: दुर्घटनामा मृत्यु हुने पृथ्वीबहादुर काे थिए ?

  • २०७८ भाद्र २७, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गाः मानेभन्ज्याङ गाउँपालिका-६ हिलेपानीमा आइतबार स्कार्पियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    र्दुघटनामा बारा जिल्लाका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु गएको हो । स्कार्पियोमा चालकसहित १० जना सवार थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    सिद्धिचरण नगरपालिका-२ ठूलाछापको निशंखेदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ११ च ५२१० नम्बरको स्कार्पियो सडकदेखि ५० मिटर तल खसेको थियो । घाइतेमध्ये एकजना नाबालक शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

    गम्भीर घाइतेको उपचारका लागि हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौं लैजान पहल भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस