२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

ओखलढुंगामा अब स्मार्ट लकडाउन ! स्मार्ट लकडाउनमा के के हुन्छ ?

  • २०७८ भाद्र २८, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गा- ओखलढुङ्गमा सोमबार सोबारबाट स्मार्ट लकडाउन लागू भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन कार्यविधी- २०७८ अनुसार कोरोना संक्रमण कम हुँदै गएपछि स्मार्ट लकडाउन गरिएको हो ।

    नेपाल सरकारको निणर्य अनुसार यस अघि बन्द रहेका सबै क्षेत्र खुल्ला भए पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पालना गर्नु पर्ने शर्त छ ।

    प्रमुख जिल्ला अधिकारी बन्दना राईका अनुसार स्मार्ट लकडाउनमा सबै क्षेत्र खोलिए पनि स्वास्थ्य सुरक्षाको मापदण्डलाई अनिवार्य पालना गराउनु पर्छ । स्वास्थ्य सेवा, नियमित कार्यलय सञ्चालन, सानो समुहमा बैठक, गोष्ठि तथा सेमिनार सञ्चालन गर्न पाइने छ ।

    त्यस्तै शैक्षिक संस्था, पसल, कोल्ड स्टोर, डिपाटमेन्ट स्टोर, यातयात, ढुवानी, मठ-मन्दिर तथा समाजिक रितिरिवाजमा हुने जमघट पनि सानो समुहमा खुल्ला गरिएको छ ।

    यस बाहेक उद्योग व्यवसाय, होटल तथा रेस्टुरेन्ट, कृषी उत्पादन, खेलकुद, घरायसी भेटघाट तथा हाटबजार लगायतका क्षेत्र पनि स्वास्थ्य मापदण्डलाई अनिवार्य पलना गर्दै खुला गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस