२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

परिषद्मा किसानकाे प्रश्न:- हाम्राे अनुदान कस्ले खान्छ ?

  • २०७८ भाद्र ३१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- राष्ट्रिय कृषक समहु महासंघकाे जिल्ला परिषद्मा किसानहरुले आफुहरुले पाउने सहुलियत र अनुदानबारे साेधिखाेजी गरेका छन् । उनीहरुले परिषद्मा साेझा किसानहरुले अनुदान नपाउने विचाैलियाले खाने गरेकाे गुनासाे पाेखे ।

    उनीहरुले कृषिमै केन्द्रित गाउँका किसानलाई सरकारी अनुदान लिने प्रकृया नै जानकारी नहुँदा कृषि फर्म दर्ता गरेर विचौलियाले रजगज गरेको गुनासो गरे ।

    स्थानीय, प्रदेश र संघीय सरकारले दिने अनुदानको प्रकृया पुर्याउन सामान्य किसानले नसक्ने, गाउँमा अनुदान खुलेको सुचना नै नपाउने अवस्था रहेको राष्ट्रिय कृषक महासंघ नेपाल प्रदेश नं. १ का उपाध्यक्ष शारदा निरौलाले बताइन् । ‘पहुँचवाला र विचौलियाले किसानको भेषमा वर्षेनी काजजात मिलाएर अनुदान लिन्छन् रअन्य व्यवसायमा लागानी गर्छन्, सोझा किसान हेरेको हेर्यै हुन्छन्’ उनले भनिन् ।

    विषयगत कार्याल र स्थानीय तहमा वर्षेनी अनुदान पाउने किसान एकै हुने अन्य गाउँका सोझा किसानले केही नपाउने अवस्था रहेको भन्दै आक्रोश पोखिन् । जिल्लामा स्थानीय तह, कृषि ज्ञान केन्द्र, पशु सेवा विज्ञ केन्द्र र प्रदेश सरकारका मन्त्रालयबाट बर्षेनी किसान लक्षित अनुदान वितरण हुने गरेका छन् । त्यस्ता अनुदानमा गाउँका किसानको पहुँच नभएको किसानहरुको गुनासो छ ।

    मानेभञ्ज्याङ्ग १ मोली का अगुवा किसान कुमार श्रेष्ठ भन्छन्, ‘किसानले अनुदान पाउन अनेकथरि कागजात मिलाउनु पर्छ, नसक्ने भएपछि बिचौलियाले कर्मचारी र जनप्रतिनिधीसँग मिलेर अनुदान हात पार्छन् ।’

    ‘कृषि अनुदानको कुरा छाडौं वन्यजन्तुले क्षति गरेको कृषि बालिको क्षतिपूर्ति दिन वा त्यस्ता वन्यजस्तुको व्यवस्थापन गर्न सहयोग गर्न पनि स्थानीय सरकारले सुन्दैन’ अर्का किसान मुसासेन राईको गुनासो छ ।

    चाैथाे जिल्ला परिषद्मा सहभागी किसान तथा सञ्चारकर्मीहरुले कृषि नीति ल्याएर किसानाका समस्या समाधान गर्न सुझाव दिएका छन् । उनीहरुले यस्ता काममा महासंघले पैरवी गर्न स्थानीय तहका जनप्रनितिधि गैह्र जिम्मेवार भएकाले जिम्मेवार बन्न सचेत गराएका छन् । महासंघकाे जिल्ला परिषदमा वार्षिक प्रगति प्रतिवदेन र आर्थिक प्रतिवेदन पारित भएकाे छ ।

    सहभागीहरुलाई संस्थाले गरेका गतिविधी तथा भएकाे खर्च विवरण प्रस्तुत भएकाे थियाे । किसानका सवालमा आधारित पैरवी तथा किसानका समस्या समाधान गर्न संस्थाले सहजीकरण र साझेदारी गर्दै आएकाे छ ।

    प्रतिक्रिया दिनुहोस