२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा आउँदै गरेकाे बाेलेराे कुनाैरीमा दुर्घटना, खिजीदेम्वाका ३ काे मृत्यु !

  • २०७८ भाद्र ३१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काठमाण्डाैबाट खिजीदेम्वा आउँदै गरेको बोलेरो रामेछापकाे मन्थली नगरपालिका वडा नं १ कुनाैरी, बाेक्सेको भिरमा दुर्घटनामा परेको छ ।  दुर्घटनामा सवारी चालक सहित श्रीमान श्रीमतीकाे मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा खिजीदेम्बा गाउँपालिका वडा नं. ६ खिजीफलाटे ओखलढुंगाका ३५ वर्षका लाक्पा शेर्पा, उनकी श्रीमती ३२ वर्षकी फुर्वा शेर्पा र ३६ वर्षका वाङछु शेर्पा छन् ।

    दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेको बताइएकाे छ ।

    काठमाडौंबाट ओखल्ढुङ्गा तर्फ जाँदै गरेको प्रदेश नम्बर ३-०१-०२३ च ३५१३ सामान बोक्ने बोलेर दुर्घटनमा परेको हो ।

    घाइतेकाे उपचार रामेछापमा नभएपछि काठमाण्डाै पठाइएकाे छ । मृतक पति पत्नी विदेशबाट घर खिजीदेम्वा आउँदै थिए ।

    प्रतिक्रिया दिनुहोस