२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

  • २०७८ आश्विन ७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– जिल्ला प्रहरी कार्यालयले नजिकिँदै गरेको दशैँ तिहार जस्ता चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गर्दै प्रहरी कार्यालयले १४ बुँदामा योजनाको उद्देश्य सहित सार्वजनिक गरेको हो ।
    कोभिड १९ को संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आई नसकेपनि चाडवाड नजिकिएकोले स्वास्थ्य सुरक्षा मापदण्डको पालनालाई प्राथमिता दिन प्रहरीको आग्रह छ । चाडबाडको बेला हुनसक्ने सम्भावित चोरी, सवारी दुर्घटना, झै झगडा, जुवातास जस्ता घटनाहरु नियन्त्रण गर्ने चाडपर्व लक्षित योजनामा उल्लेख छ ।
    त्यसका लागि प्रहरीले छुट्टै ६६ जना प्रहरी टोली खटाउने भएको छ । कमाण्ड पोष्ट, गाडी मोबाइल, मोबाइल गस्ती, पैदल गस्ती, यात्रु सहायता कक्ष, ट्राफिक चेकिङ लगायतमा ती जनशक्ति खटाइने जिल्ला प्रहरीका डिएसपी गोविन्दराज काफ्लेले बताए ।
    विभिन्न आर्थिक कारोबार हुने स्थान र धार्मिक स्थलहरुमा समेत गरि जम्मा २ सय ५५ जना प्रहरी परिचालन हुने डिएसपी काफ्लेले बताए । उनले आवश्यकता अनुसार जिल्ला प्रशासन लगायतसँग समन्वय गरि सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस