२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

नेकपा एसकाे जिल्ला कमिटी घाेषणामा एमालेदेखी माओवादी केन्द्र सम्मका नेता ! काे काे थिए सहभागी? (फाेटाे फिचर)

  • २०७८ आश्विन ११, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढु‌ंगा- नेकपा एकिकृत समाजवादीकाे जिल्ला कमिटी घाेषणा भएकाे छ । ७५ सदस्यीय जिल्ला कमिटीमा १० जना पदाधिकारी छन् ।

    जिल्ला कमिटीकाे घाेषणा तथा सपथ ग्रहण नेकपा एस का केन्द्रय सदस्य तथा  जिल्ला इञ्चार्ज नेत्र भट्टराईले गरे । याे कार्यक्रममा नेकपा एमाले देखि माओवादी केन्द्रका नेताहरु समेत सहभागी भए ।

    उनीहरुमध्ये एमालेका रामकुमार सुवेदी, अनिता मगरtतेजेन्द्र श्रेष्ठलगायत समाजवादीमा प्रवेश गरे । त्यस्तै माओवादी केन्द्रका प्रविण श्रेष्ठ पनि समाजवादीमा आबद्ध भए ।

    घाेषणा कार्यक्रममा माओवादी केन्दका  जिल्ला इञ्चार्ज बाबुराम गाैतमले सफलताकाे शुभकामना दिए । शुभकामना दिन प्रदेश कमिटी सदस्य निशान्त शर्मा समेत पुगेका थिए ।

    उनीहरुले संयाेगले त्याे कार्यक्रममा आइपुगेकाे र शुभकामना दिएकाे नेकपा एसका नेताहरुले बताएका थिए । तत्कालीन नेकपाकाे प्रदेश कमिटी सदस्य रहेका नेता ह‌ंशराज वाग्लेकाे अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ ।

    विभिन्न पार्टीबाट ५१ जना प्रवेश गरेकाे नेकपा एस का जिल्ला सचिव नरेन्द्र श्रेष्ठले बताए ।

    तस्वीरहरु-

    प्रतिक्रिया दिनुहोस